राजेन्द्र र सरुको ‘नजर जुधेछ’

म्यूजिक खबर
प्रकाशित: २२ चैत्र २०७९, बुधबार

काठमाडौं । ‘नजर जुधेछ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक तथा संगीतकार राजेन्द्र बजगाईं र गायिका सरु गौतमको स्वर रहेको छ । गीतलाई सुमन बैरागी पण्डित र संगीता घिमिरेले संयुक्त रुपमा लेखेका हुन् । गीतको संगीत र संगीत संयोजन समेत राजेन्द्र बजगाईंले नै गरेका हुन् । म्यूजिक किचन रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतलाई मनोज परियारले मास्टरिङ गरेका हुन् ।

गीतको भिडियोमा गायक–गायिका स्वयं राजेन्द्र बजगाईं र सरु गौतमलाई देख्न सकिन्छ ।

उत्तम अधिकारीले निर्देशन गरेको भिडियोलाई प्रवेश अधिकारीको छायांकन गरेका हुन् भने राजेश कुवँरले सम्पादन गरेका हुन् । भिडियो त्रिमुर्ती इन्टरटेन्मेन्ट युट्युब च्यानलमा हेर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु