चलचित्र ‘सोच’ को ‘तिमीले मलाई साहारा’ सार्वजनीक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २३ श्रावण २०७६, बिहीबार

चलचित्र ‘सोच’ को ‘तिमीले मलाई साहारा’ बोलको गीत सार्वजनीक भएको छ । भदौ २० गते प्रदर्शनमा आउने चलचित्रको गीत शंकर अधिकारी घायलले लेखेका हुन् । उक्त गीतमा योगेश काजी, जुनु गौतम र सुनीता थेगिङको स्वर र डिजे एलएक्सको सङ्गीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा नीता ढुंगाना र प्रज्वल गिरीलाको अभिनय रहेको छ ।

पुजन सिंह (प्रभाकर प्रकाश) को निर्देशनमा निर्माण भएको चलचित्रमा नीता र प्रज्वलका साथमा नवनायक पूजन सिंह प्रमुख भूमिकामा रहेका छन् । चलचित्रमा गंगा रजक प्रकाश र एस,डी निर्माता रहेको र बिदुर पाण्डेको छायाँकन, कृष्ण आचार्यको पटकथा, सम्वाद, एनवी महर्जनको द्वन्द्व निर्देशन, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन रहेको छ । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा कलाकारमा बिशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसीलगायतको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु