निफमा प्रदीप खड्का र दिया मास्के बने उत्कृष्ट अभिनेता र अभिनेत्री

म्यूजिक खबर
प्रकाशित: ७ चैत्र २०७९, मंगलवार

काठमाडौं । चैत २ देखि सुरु भएको छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) नेपाली चलचित्रतर्फ ‘ऐना झ्यालको पुतली’लाई उत्कृष्ट घोषणा गर्दै सम्पन्न भएको छ । नेपाली चलचित्रतर्फ चलचित्र प्रकाशबाट प्रदिप खड्का र दिया मास्के उत्कृष्ट अभिनेता तथा अभिनेत्री घोषित भई अवार्ड चुमे ।

समापन कार्यक्रममा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले चलचित्रको महत्वमाथि प्रकाश पार्दै भने – ‘चलचित्रले डिप्लोम्यासी रोल गर्छ’ । उनले निफलाई सक्दो सहयोग गर्ने वचनसमेत दिए । समापन कार्यक्रममा अभिनेत्री गौरी मल्ल, प्रियंका कार्की, नम्रता श्रेष्ठ चलचित्रकर्मीहरू प्रकाश सायमी, प्रदीप कार्की एवम् धेरै नाम चलेका चलचित्रकर्मीको उपस्थिति थियो ।

निफका अध्यक्ष केपी पाठकले निफ सफलताको कथा सुनाएका थिए । उनले आगामी निफ अझ शसक्त रुपमा सम्पन्न गर्ने बताए । ३५ देशका ९५ प्रतियोगी चलचित्र प्रतियोगी रहेको फेष्टिभलमा विभिन्न विधामा १३ अवार्ड प्रदान गरिएको थियो ।

पाँच दिनसम्मचलेको निफमा नौ वटा सेसन र तीनवटा मास्टर क्लास सम्पन्नभएका थिए । प्रो।डा। इतामी ब्रोजन (क्रोसिया), प्रेमेन्द्र मजुमदार (भारत) र लि.रान (चाइना)ले मास्टर्श क्लास सञ्चालन गरेका थिए ।

विजेताहरू :

सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्म – अ हाउस विथ नो नेम : पातालघर (बंगलादेश)

सर्वश्रेष्ठ छायांकन – राजेश श्रेष्ठ (प्रकाश)

सर्वश्रेष्ठ पटकथा – सुजित बिडारी (ऐना झ्यालको पुतली)

सर्वश्रेष्ठ अभिनेता – प्रदीप खड्का (प्रकाश)

सर्वश्रेष्ठ अभिनेत्री – दीया मास्के (प्रकाश)

सर्वश्रेष्ठ निर्देशक – सुजित बिडारी (ऐना झ्यालको पुतली)

सर्वश्रेष्ठ निर्देशक छोटो फिल्म – प्रधुम्न मिश्र (दुविधा)

सर्वश्रेष्ठ छोटो नेपाली फिल्म – जुन्को (मिन्सो लिम्बु)

सर्वश्रेष्ठ छोटो अन्तर्राष्ट्रिय फिल्म – द बुक (इरान)

सर्वश्रेष्ठ छोटो एनिमेटेड फिल्म – द लिजेण्ड अफ गोल्डहन (स्लोभेनिया)

सर्वश्रेष्ठ राष्ट्रिय वृत्तचित्र – द टाइगर्स ज (निर्देशक –कमल कुमार)

सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय डकुमेन्ट्री – सोल्स अफ द फरेस्ट (इन्डोनेसिया)

सर्वश्रेष्ठ नेपाली फिचर फिल्म – ऐना झ्यालको पुतली

सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्म –मेमोरिज अफ ग्लुमी मनसुन्स (बंगलादेश)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु