नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैतमा, ४० देशका ८८ चलचित्र देखाइने

म्यूजिक खबर
प्रकाशित: २ माघ २०८०, मंगलवार
Nepal International Film Festival

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सातौं संस्करण चैतको १ देखि ५ गतेसम्म हुने भएको छ। नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा निफको सातौं संस्करण हुन लागेको हो।

६० देशबाट प्राप्त ५ सय बढी चलचित्रबाट निफले सातौं संस्करणमा ४० देशका ८८ वटा फिल्म छानेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजक समितिका अध्यक्ष केपी पाठकले बताए। उनका अनुसार छनौटमा परेका थुप्रै चलचित्रहरु कान्स, लोकार्नो, बर्लिनाल आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेको बताए। फेस्टिभललाई राष्ट्रिय अन्तर्राष्ट्रिय दुई भागमा विभाजन गरी, दुवै भागमा फिचर चलचित्र, लघु फिल्म र वृत्तचित्र विधामा अवार्ड वितरण गरिने उनले जानकारी दिए।

प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तक्रियाका कार्यक्रम पनि आयोजना गरिने आयोजकले जनाएको छ।

यस वर्ष महोत्सवमा प्रदर्शन हुने चलचित्र क्युएफएक्स सिनेमाका शाखाहरु सिभिल मल, लबिम मल, भक्तपुर र छाया सेन्टरका हलमा प्रदर्शन हुनेछन्।



फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु