• नरेन्द्र प्यासीको सङ्गीत, ईश्वरको स्वरमा भजन ‘जे सुख मिल्दछ’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ४ जेष्ठ २०८१, शुक्रबार

    काठमाडौं । ईश्वर मगियाको स्वरमा रहेको भजन गीत ‘जे सुख मिल्दछ’ सार्वजनिक भएको छ । खेमराज केशवशरणको शब्द, नरेन्द्र प्यासीको सङ्गीतमा रहेको भजन गीतको भिडियो सार्वजनिक भएको हो ।

    योगेन्द्र कार्कीको निर्देशन रहेको भजन गीतको भिडियोमा ईश्वर मगिया आफैले अभिनय गरेका छन । विशाल थापाको समूहले खिचेको भिडियो योगेन्द्र कार्कीले सम्पादन गर्नुभएको हो ।

    गायक तथा गीतकार ईश्वर मागीया सांगितिक क्षेत्रमा प्रवेश गरेको एक दशक भयो । यो अवधिमा उनले दर्जन भन्दा वढी गीति एल्बमहरु सार्वजनिक गरिसकेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु