निफमा चलचित्र उद्योगमा रोजगारको अवसर तथा सामाजिक रुपान्तरण बिषयक छलफल

म्यूजिक खबर
प्रकाशित: २८ बैशाख २०७८, मंगलवार

काठमाडौ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणको दोश्रो दिन आज चलचित्र उद्योगले नेपालमा रोजगारको अवसर तथा सामाजिक रुपान्तरण बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

जुम मार्फत गरिएको सो कार्यक्रममा नेपाली चलचित्र क्षेत्र तथा यसमा श्रमको अवस्था बारे चलचित्र जगतका हस्तीहरुसंग गहन छलफल गरिएको नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठान एवं निफका अध्यक्ष केपी पाठकले बताए ।

कार्यक्रममा बरिष्ठ कलाकार हरिबंश आचार्यले चलचित्र क्षेत्रमा सरकारले बौद्धीक कपी राइटको संरक्षण गर्ने पर्ने बताउदै यस क्षेत्रमा कामगर्न हरुको उचित बिमाको ब्यवस्था गर्ने आग्रह गरे । चलचित्र मार्फत रोजगारी एवं सामाजिक रुपान्तरण गर्ने मैलीक कथाहरुको श्रृजना गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा बरिष्ठ कलाकार निर शाहले नेपालको चलचित्र क्षेत्रमा रोजगारीको श्रृजना कसरी गर्ने , जनशक्तीको बिकाश कसरी गर्ने लगायत बिषयमा गहन अध्यन बिना शुरु भएको उधोगले थोरौमात्रामा भएपनि चलचित्र जगतमा श्रमशक्ती स्थापित गर्ने सफल भएको बताए ।

डिजिटल उपकरण , प्रबिधि , दक्ष जनशक्तीपनि नेपाली चलचित्र उधोगले बिकाश गरेको र श्रमीकहरुको क्रमीक रुपमा बिकाश भएको उँहा बताउछन ।

यसै बिच चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्र कर्मीहरु लाई दक्ष बनाउन एवं बिश्वबजारमा प्रतिस्पर्धा गर्न सिनेमा शिक्षालाई ब्यवसायीक बनाउन जरुरी रहेको बताए ।

अध्यक्ष दाहाल भन्छन राज्यलेनै सीने योदाहरु तयार गर्ने पर्छ । चलचित्र निमार्णले मात्र रोजगारी श्रृजना गर्देन तसर्थ सिनेमालाई पर्यटन संग जोड्नु पर्छ र डिजिटल सिनेमाको अवधारणा अघि बढाउनु पर्छ ।

समाजमा सिनेमा संस्कृतिको बिकाश गर्नपर्छ , सिनेमाको बारेमा बहस गर्न पर्छ । सिनेमामा नयाँ प्रबिधि भित्रयाउने पूर्ण भन्सार छुट गर्नपर्छ ।

चलचित्र बिकाश बोर्डमा स्टोरी बैंकको अवधारण शुरु भैसकेको छ । यो नितिगत रुपमा पास भैसको र चलचित्रमा केहि समय कथामा लगानी , केही समय ,दक्ष प्राबिधिक जनशक्तीमा लगानी राज्यले लगानी गर्नपर्ने उनको भनाई छ ।

शेन्सरको झमेलालाई अव अनलाइनमार्फत पनि ब्यवस्थीत बनाइनुपर्ने । करपोरेट हाउसहरुलाई चलचित्रमा आकर्शण गराउनु आवश्यक रहेको अध्यक्ष दाहालको भनाई छ ।

सोही अवसरमा अन्र्तराष्ट्रिय श्रम संगठनका प्रतिनिधि माननिय डा. बिन्दा पाण्डेले चलचित्र क्षेत्रमा कृयाशिल संगठनहरुमार्फत नियम , कानुनहरु बाधा भएमा छलफल मार्फत समाधान गर्न आफू तयार रहेको बताए ।

श्रमीकहरुलाई परिचयपत्र देखी करारपत्र प्रदान गराईं राज्यसंग दर्ज गर्ने ब्यवस्था मिलाउदै दस्वेजीकरण गराउन गराउदै अन्र्तराष्टी«य श्रम महासन्धि अनुसार नेपालमा कार्यान्यन गर्न पर्ने बताए ।

विधेकमा समेत शंसोधन गरि समय अवस्था अनुसार श्रमलाई रोजगारी , उचित पारीश्रमकि , सामाजिक सुरक्षाको दायरामा ल्याउने , सामुहिक सौताबाजी गर्ने , मर्यादीत श्रमसंग जोड्न आवश्यक रहेको पाण्डेको भनाई छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य .डा रामकुमार फुयाँलले

निफको यो बहस कार्यक्रम सारैनै अर्थपूर्ण रहेको र चलचित्र उधोगको रुपान्तरणमा बिशेष महत्व राख्ने बताए ।

स्वरोजगार , आत्मनिर्भर बनाउनमा चलचित्र उधोग पनि महत्वपूर्ण गन्तब्व रहेको छ । सरकारको लक्ष्य अनुरुप बार्षीक ५ लाख युवालाई नयाँ रोजगारी श्रृजना गर्ने सहयोग हुने तथा बजेट निमार्णको पूर्वसन्ध्यामा गरिएको यो बहसले चलचित्र श्रेत्रमा बजेटीङ्गमा सजिलो हुने बताए ।

कार्यक्रममा कलाकार बसुन्धारा भुषाल,सुरक्षा पन्त,सामाजिक सुरक्षा कोषका निर्देशक कमलमणि ज्ञवाली,बरिष्ठ अर्थशास्त्री डा. बिश्व पौडेल,पुर्व सचिव चन्द्र घिमिरे लगायतका ब्यतmीहरुले धारण राखेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु