‘सोच’मा पुजनको एक्शन, नीता र प्रज्वलको प्रेम

म्यूजिक खबर
प्रकाशित: ३० श्रावण २०७६, बिहीबार

काठमाडौं । एक्शन लभस्टोरी फिल्म ‘सोच’को ट्रेलर बुधबार सार्वजनीक गरिएको छ । भदौ २० गते एकल प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलरमा प्रज्वलगिरी, नीता ढुंगाना र नवनायक पुजन सिंहबीचको प्रेम र द्वन्द्वको सेरोफेरो देखिन्छ ।
केही समयअघि टिजर र एउटा गीत सार्वजनीक गरिएको फिल्मलाई पुजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेका हुन् ।

पुजनकै कथा रहेको फिल्मको निर्मातामा गंगा रजक र एसडी रहेका छन् । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्मित फिल्मलाई बिदुर पाण्डेले खिचेका हुन् । कृष्ण आचार्यको पटकथा, सम्वाद रहेको फिल्ममा एनबि महर्जनको द्वन्द्व, रामजी लामिछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन रहेको छ । उत्तम केसी, बिशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठलगायतका कलाकारको समेत अभिनय रहेको फिल्म भरपुर मनोरञ्जक बनेको निर्देशक पुजन बताउँछन् । ‘सोच’लाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु