‘चलचित्र क्षेत्रमा बेथिती’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

म्यूजिक खबर
प्रकाशित: ३ बैशाख २०७६, मंगलवार

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले नेपाल चलचित्र निर्माता संघको सहकार्यमा नयाँ बर्षको अवसरमा चियापान समारोह तथा ‘चलचित्र क्षेत्रमा बेथिती’ विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमूख अतिथ्यतामा राजधानीको धुम्बाराही स्थित स्काई पार्टि भेन्युमाकार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालले नवनियुक्तविकास बोर्डका अध्यक्ष केशव भट्टराईलाई बधाई ज्ञापन पनि गरेका छन् । साथै बर्ष २०७५को समिक्षगतअवधारण पनिकार्यक्रममा संयोजकतथा चलचित्र पत्रकार संघका सचिव समीर बलामी प्रस्तुत गरेका थिए ।

अन्तक्र्रिया कार्यक्रममाबोल्दै विकास बोर्डका अध्यक्ष केशव भट्टराईले चलचित्र क्षेत्रमा समस्या नै समस्या रहेको बताए । चलचित्र निर्माण, वितरण रप्रदर्शन मा धेरै समस्याभएको उनले स्विकारे । त्यसको समाधानको लागिपहलगर्दा पनिअहिले नीतिअभावका कारण संभव नरहेको उनको तर्क छ । उनले आफ्नो पहिलो काम चलचित्र नीतिलाई सरकारबाट पारित गराउने रहेको बताए । जब चलचित्र नीति बन्छ, त्यसपछि चलचित्र क्षेत्रमा देखिएका बेथितीहरुको वारेमा समाधानखोज्न सजिलो हुन्छ । हामी सबै मिलेरप्रक्रियागत रुपमा समाधानखोज्न सक्छौं अध्यक्ष भट्टराईले भने ।

हामीविभिन्न समयमा चलचित्र क्षेत्रमा देखिएका समस्याहरुको वारेमा छलफल गर्छौं, समस्या निकाल्छौं तर समाधान गर्न सक्दैनौं । त्यसैले अब चलचित्र नीतिले मात्रै समाधानखोज्ने हुदाँनीतिपास गराउन सबै चलचित्रकर्मीहरु एकतावद्ध तरिकाले लाग्नुपर्ने उनको धारणा थियो । साथसाथै अध्यक्ष भट्टराईले आउँदो आर्थिक बर्ष भित्रदेशैभर बक्स अफिसको परिक्षण गरिने बताए । बक्स अफिस परिक्षण पश्चात पूर्ण कार्यन्वयनतिर आफु अग्रसर हुने पनिउनलेबताए ।
यस्तै निर्माता संघका अध्यक्षआकाशअधिकारीले समस्याको समाधानतिर सम्बन्धित संस्थाले पहलनखोजेको र त्यसको मारमा निर्मातालाई मात्रै पारेको बताएका छन् । उनले निर्माताको धेरै समस्याहरुको वारेमा चलचित्र संघसँग सम्झौताभएपनित्यो कार्यान्वयननभएको बताएकाहुन् । सम्झौताकार्यन्वयन गर्न चलचित्र संघ हच्किएको देखिन्छ, वितरकसँगको सम्झौतापत्रमापनिउल्लेख भएअनुसारको कार्यान्वयनहुदैन अध्यक्षअधिकारीले भने ।उनले कलाकारले आफ्नो आचरण परिवर्तन गर्नुपर्ने पनिबताएका छन् । कलाकारले आफुलाई रिजर्भ गर्न नसक्नु, आफ्नो दिनचार्यदेखि सबै कुरा सामाजिक सञ्जालमापोख्नु, अनावश्यकपारश्रमिकको माग गर्नु जस्ता समस्याहरु कलाकारमा रहेको उनले बताएकाहुन् ।वितरण र प्रदर्शनको समस्यामानिर्माता मारमा परेको उनले बताए । त्यसको जिम्मेवार निकायवितरक र चलचित्र संघले यस विषयमा सोच्नुपर्ने बताए । यसमा सहकार्य र समन्वय गर्न विकास बोर्डलाई पनिअधिकारीले आग्रह गरे ।

यता चलचित्र संघका अध्यक्षप्रदिपकुमार उदयले चलचित्र क्षेत्रमा कोहीपनि ईमान्दार नभएको आरोप लगाए । उनले चलचित्रकर्मीमा सम्मान र सद्भाव नै नरहेको दावी गरे । आफ्नो चलचित्रआउँदा सबै जायज र अरुको चलचित्रआउँदा सबै कमजोरी देख्ने समस्या रहेको बताए । यस्तै प्रदर्शन र वितरणमा देखिएको समस्यामाबोल्दै उदयले गलत समाचार दिने निर्माताहरु जिम्मेवार रहेको बताए । आफ्नो वास्तविकव्यापार लुकाएर मिडियामा प्रचारबाजीव्यापारको तथ्याङ्क दिने, गलत समाचार दिने परम्पराको अन्त्यहुनुपर्ने उनले बताए । कलाकारहरुले पनिआफ्नो पारश्रमिक बढि दावी गर्नु गलत रहेको उनको भनाई छ । उनले पारश्रमिक बढि माग्ने कलाकारले व्यापारको केहीप्रतिशतजिम्मेवारी लिनुपर्ने दावी गरे ।
प्रदर्शन र वितरणमा देखिएका समस्यामा सबैमा मपाईत्वभएको कारण समाधाननभईरहेको उनले बताए । साझा समस्यालाई सबै चलचित्रकर्मीले आफ्नो समस्या सम्झेर समाधान गर्नुपर्ने उनो तर्क थियो । जबसम्मएकको समस्यामाअर्को चलचित्रकर्मीले साथ र सहयोग गर्न सक्दैन तबसम्म समस्याहरु निराकरण नहुने उनको दावी छ ।
यस्तै चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले निर्माताहरुले नै गलत समाचार सम्पे्रषण गरिरहेको बताए । आफ्नो चलचित्र लाग्दै गर्दा गलत समाचार र गलतव्यापारको तथ्याङ्क दिने गरेको उनको भनाई छ । हामीपत्रकारको काम सहि सुचनादिने हो । तर सूचनाआउने स्रोतबाट नै गलत आएपछि त्यसको जवाफदेहिता स्रोत अर्थात निर्माताहरुले नै लिनुपर्ने अध्यक्ष सापकोटाले बताएकाहुन् । सबै पत्रकार सहि भने पनि हैन । तर, गलत समाचार सम्प्रेषण गर्छ भने त्यसको
ध्यानाकर्षन गराउनु पर्छ । गलत समाचार सम्प्रेषण गर्न निर्माताहरुले नै पत्रकार दिइरहने र समस्यापत्रकारमाथीथुपारिरहने निर्माताहरु सचेत हुनेपर्ने सापकोटाको तर्क थियो ।
यताआधादर्जन बढि वितरकहरुलाई कार्यक्रमको सन्दर्भ दिएर पटक पटकउपस्थितहुनआग्रहगर्दा पनिवितरकहरु मिडियामाझ आउन डराएको चलचित्र पत्रकार संघका सचिव समीर बलामीलेदावी गरेका छन् । सबैलाई पटक पटकआग्रह गरेर कार्यक्रमको वारेमा जानकारी गराउँदापनिउपस्थितहुने वचन गरेका वितरकहरु उपस्थितनभएको उनले बताएकाहुन् । निर्माताको समस्याको वारेमा वितरकमा देखिएका कारणहरुको समाचार बनाउँदापत्रकारलाई धम्कीदिने र सामाजिक सञ्जालमामनको बहपोख्ने वितरकहरु कार्यक्रममाउपस्थितनहुनुने प्रदर्शन र वितरणमा ठुलो समस्यावितरककै कारण भएको उनको दावीथियो । वितरकहरु मनोज राठी, शुशिलपोखरेल, गोविन्दशाही, प्रचण्डमान श्रेष्ठ, निरक पौडेल, अशोक शर्मा लगायतलाई आमन्त्रण गरिएको चलचित्र पत्रकार संघले जनाएको छ ।
वितरकको रुपमाउपस्थितभएकागोपालकाजीकायस्थाले वितरकहरुमाप्रतिस्पर्धा रहेको बताए । अरुको अस्तित्व स्विकार गर्न नसक्नुले वितरकको राजनीतिमा नेपालीनिर्माताहरु मारमा परेको उनले स्विकारे । उनले पछिल्लो समय मनोज राठी र विक्रम पराजुलीका कारण चलचित्र ए मेरो हजुर ३ र यात्रा एक साथ रिलिजभएको बताए । यस्तै समस्या चलचित्र क्षेत्रमा धेरै छ । वितरकहरु आफ्नो मात्रै अस्तित्व रहेको भान गर्छन् । अरुको मतलब राख्दैनन् त्यस कारण निर्माताहरु मारमा परेको हो वितरक गोपालकाजीकायस्थाले भने । सबै वितरकहरु दोषिनभएको उनले बताए । केहीवितरकहरु मात्रै यस्तो भएको गोपालकाजीको तर्क थियो ।
कार्यक्रममाकलाकार तथानिर्देशकदिपाश्री निरौलाले समग्र चलचित्र क्षेत्र सबैको साझाभएकोले सबै मिलेर समस्या समाधान गर्नुपर्ने बताए । एउटाले अर्को लाई असर पार्ने भएकोले १÷२ मात्र चलचित्र नभएर सबै चलचित्रचल्नुपर्ने उनको तर्क थियो ।

कार्यक्रममा चलचित्र क्षेत्रका बेथितीहरु वारे धेरै संचारकर्मीहरुले आफ्ना जिज्ञासा राखेका थिए । नेपाली चलचित्र क्षेत्रको लागि २०७५ कालो बर्ष,
एक बर्ष भरि ९७ वटा चलचित्रहरु रिलिजमा ८० चलचित्र डुबानका कारण, बक्स अफिस पूर्ण कार्यन्वयननहुनुका कारण, निर्माणमा देखिएका समस्या, वितरकहरुले एकै दिनदुई भन्दा बढि चलचित्र जुधाउने समस्या, प्रमोशन र वितरणमा देखिएकासमस्या, चारैतिरबाट विदेशीफिल्मले घेर्ने तथा चलचित्र इन्कोड देखि हलमाहुने प्रमोशनमा र केडिएमचार्जमा समेत रहेको समस्याकावारेमा छलफल भएको थियो ।

कार्यक्रममानिर्देशकहरु प्रदिप भट्टराई, दिवाकर भट्टराई, दिपेन्द्र के खनाल, दिनेश श्रेष्ठ, निर्माताहरु उदय सुब्बा, माधववाग्ले, रोज राणा, अर्जुन कुमार, कलाकार निर्मल शर्मा, चलचित्र पत्रकार संघका पदाधिकारीहरु सहित संचारकर्मी र चलचित्रकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु