आरुसीको पहिलो गीत ‘मरें भने मरेको पल’

म्यूजिक खबर
प्रकाशित: १६ चैत्र २०७५, शनिबार

काठमाडौं । फिल्म ‘आरुसी’ को पहिलो गीत रिलिज गरिएको छ । ओएसआर युट्युव च्यानलमा मार्फत शनिबार फिल्मको अफिसियल गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा डेव्यु नायक इशक राई र नायिका कला राई फिचर भएका छन् । ‘मरे भने मरेको पल’ बोलको गीतमा दीपक लिम्बु र अन्नु चौधरीको स्वर रहेको छ । दिनेश राउतको शब्दमा तारा प्रकाश लिम्बु संगीतबद्ध गीतमा दीनेश पाख्रिनको कोरियोग्राफी हेर्न सकिन्छ । विक्रम डिसीले छायांकन गरेको चलचित्रलाई सुजन बडालले सम्पादन गरेका हुन् ।

गणपति फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रलाई उदय सुब्बाले निर्देशन गरेका हुन् । मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको चलचित्रलाई साहारा प्रधान, केशव कुमार श्रेष्ठ र विरु गुरुङले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा इशक र कलाको अलवा रमा लिम्बु, सुनिल थापा, सुरविर पन्डित, दमन रुपाखेती, विरु गुरुङ, भूपेन्द्र लिङ्देन लगायतका कलाकारको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु