मानुङ डाँडाँको प्राकृतिक सौन्दर्यमा चलचित्र ‘आर्या’को राष्ट्रियता झल्कियो

म्यूजिक खबर
प्रकाशित: ४ मंसिर २०७७, बिहीबार

काठमाडौं । यतिबेला दमौलीको मानुङ डाँडाँमा पर्यटकीय क्षेत्रको रुपमा चर्चामा आएको छ । आन्तरिक पर्यटनको घुइँचो लाग्ने गरेको मानुङ डाँडाँबाट चलचित्र आर्याको राष्ट्रियता झल्किने गीत पनि सार्वजनिक भइरहेको छ । त्यही मानुङ डाडाको मनोरम स्थानमा छायांकन भएको नेपाली कथानक चलचित्र ‘आर्या’को
गीत अब ओ एस आर डिजिटल युटुब च्यानल मार्फत मंसिर १ गतेबाट सार्वजनिक भएको छ ।
तिमिल्सिना फिल्म प्रडक्सनबाट निर्माण सप्पन्न भएको नेपाली कथानक चलचित्र ‘आर्या’ मुलुकमा लकडाउनका कारण प्रदर्शनका लागि थाती रहेको थियोे । गायिका मेलिना राईको सुमधुर स्वर रहेको रास्ट्रभावले ओतप्रोत यो गीतमा प्रसिद्ध नृत्य निर्देशक कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । यस चलचित्रमा लोकप्रिय सङ्गीतकार राम सिटौलाको सङ्गीत रहेको छ भने गीतकार लक्ष्मण सिटौलाको शब्द रहेको छ । यस चलचित्रलाई उपेन्द्र तिमिल्सिनाले निर्देशन गरेका छन् ।


नेपाली चलचित्रको इतिहासमा राष्ट्रिय झन्डाको व्यापक प्रयोग गरि दृश्य छायांकन गरिएको सम्भवत यो नै पहिलो पटक हो, निर्देशक तिमिल्सिनाले भने। झन्डालाई नेपाल र नेपालीको आत्मसम्मान र रास्ट्र गौरवको प्रतीक मान्नुपर्छ भन्ने एउटा महत्वपूर्ण शन्देश दिने यो गीतले नेपालको आफ्नै गौरव गाथा बोलेको छ ।

गीतमा तनहुको मानुङ डाडाको मनोरम दृश्य बडो रोचक ढंगले दृस्यान्कन गरिएको हेर्न पाइन्छ । मानुङको सम्पुर्ण प्राकृतिक सौन्दर्य कैद गरिएको यो गीतमा शिल्पा पोखरेल र अन्य नृत्य कलाकारहरुको बेजोड कलाकारिता देख्न सकिन्छ। यो गीतले अहिलेको बिश्व परिवेशमा रास्ट्रभक्ती, स्वतन्त्रता, नेपाल र नेपालको अभिभाज्य मन मुटु र झन्डाको महिमा अभिव्यक्त गरिएको छ । मानुङको प्राकृतिक सौन्दर्य र नेपालीको रास्ट्र प्रेम यहि शैली छायाँमा घोलिएको यो गीतले सम्पुर्ण दर्शक श्रोताको मन जित्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु