चलचित्र हिट म्यानमा मिरा कार्कीको ‘कसम तिम्रै’

म्यूजिक खबर
प्रकाशित: ८ चैत्र २०७६, शनिबार

काठमाडौ । चलचित्र हिट म्यानमा गायिका मिरा कार्कीको स्वरमा रहेको गीत ‘कसम तिम्रै’ राखिएको छ । गायिका कार्की र बीबी अनुरागीको स्वर रहेको उक्त गीतलाई सुमन श्रापितले लेखेका हुन् भने बीबी अनुरागीले संगीत भरेका छन् ।
कार्कीको स्वरमा रहेको गीति एल्बम बहार, यो छोरीले, पाकिस्तानी गीत हम हे नेक इन्सान, झिलिमिली काठमाडौ शहर, नेपालकी छोरी लगायतका गीतमा स्वर दिइसकेकी छन् ।

नेपाली चलचित्रका चर्चीत नायक बिराज भट्टद्वरा अभिनित चलचित्र ‘हिट म्यान’ प्रर्दशनीको तयारीमा रहेको छ । एक्सन किङको नामले समेत दर्शक माझ चिनियका भट्ट अभिनित सो चलचित्रको निर्देशन तथा प्रस्तुती सुदन धितालले गरेका छन ।

सो चलचित्रमा बिराज संगै नायिका भूमिका के.सी, अशोक फुँयाल, अभिनयका बादशाह मुरलीधरको पनि सशक्त अभिनय रहेको छ । जसका कारण चलचित्र फरक धारको रहेको निर्देशक सुदन धिताल बताउँँछन ।

चलचित्र हिट म्यानमा रामकृष्ण चौलागाँइको छायांकन ,प्रवल प्रधानको सम्पादन , सुरेश पाण्डेको नृत्य निर्देशन रहेको छ भने अन्य कलाकारमा मोहन घिमिरे, दिनेश राज के।सी, उषा कार्की, अस्मिता लामा लगायतको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु