चलचित्र ‘जानी नजानी’को कभर भिडियो प्रतियोगिता

म्यूजिक खबर
प्रकाशित: २७ माघ २०७५, आईतवार

काठमाडौं । १ चैत्रबाट रिलिज हुने फिल्म ‘जानी नजानी’ को सार्वजनिक गरिएको पहिलो गीत ‘एउटीलाई मुटुमा घर…’ कोभर भिडियो घोषणा गरेको छ । बिहिबार काठमाडौंको मैतिदेवी स्थित कान्तिपुर फिल्म एकेडेमीमा पत्रकार भेटघाट आयोजना गर्दै सो घोषणा गरिएको हो ।
अम्बिका शर्माको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ । गीतमा स्वर अर्जुन पोखरेल र दुर्गा खरेलको छ । यो गीतमा मनिष श्रेष्ठ र सुमी मोक्तानको नृत्य छ । कविराज गहतराजले कोरियोग्राफ रहेको यो गीतको भिडियोमा मनिष र सुमीसँगै डेब्यु नायिका निरिशा बस्नेतलाई पनि देख्न पाईन्छ ।
यो गीतको कोभर भिडियो कम्तीमा एक मिनटको हु्नु पर्नेछ । त्यन्दा माथि चार मिनटसम्मको भए पनि फरक नपर्ने यसको निर्माता रोशनी केसीले बताईन् ।
‘उत्कृष्ट कोभर भिडियो बिजेताले रोवा कम्पनीको ३२ इन्चको स्टार्म टिभी, दोश्रो हुनेले रोवाकै फाईभ पइन्ट वानको साउन्ड सिस्टम, तेश्रो हुने २ जनाले कार्टुक क्रिउसँग तीन महिना नृत्य प्रशिक्षण र चौथो हुनेले कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षको फिल्म डिप्लोमा कोर्स गर्न पाउने छन् ।’ यो चलचित्रका निर्देशक बसन्त अधिकारीले भने,‘भिडियो यही २० फागुनभित्र janinajani2018@gmail.com मा पठाईसक्नु पर्नेछ ।’
यो प्रतिस्पर्धामा प्राप्त हुने भिडियोलाई डिआईडी सिजन २ का उत्कृष्ट १० मा पर्न सफर नृत्यकलाकार, नृत्य निर्देशक एवम् अभिनेता नरेशबीर कंशकारले चयन गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट भिडियो प्राप्त हुने विश्वस आफुले गरेको उनले बताए । अभिनेता मनिषले पनि यो प्रतियोगिताले धेरैलाई आफुहरुसँग जोडिन सघाउने बताए ।

निर्माता रोशनीका अनुसार फिल्ममा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन , रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा , पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् भने यसैफिल्म मार्फत धेरै सफल फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दैछन । यसमा प्रेम कथासँगै राष्ट्रियता र युवापुस्ताले बोध गर्नु पर्ने जिम्मेवारीलाई पनि देखाइएको छ । फिल्ममा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् ।
फिल्ममा कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ । फिल्ममा अर्जुन जिसीको सम्पादन , बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु