चलचित्र नैनाको गीत सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ६ असार २०७९, सोमबार

काठमाडौं । चलचित्र नैनाको शीर्ष गीत ‘योे मुटु मेरो भन्नु मात्रै हो’ सार्वजनिक भएको छ । पश्चिमाञ्चल सांस्कृतिक केन्द्रको ब्यानरमा निर्माण भएको चलचित्र ‘नैना’ को शीर्ष गीत सार्वजनिक गर्दै भदौं १८ गतेबाट औपचारिक प्रदर्शनको तयारीमा जुटेको छ ।

तमु कलाकार संघका संस्थापक अध्यक्ष राजु गुरुङको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा पश्चिमाञ्चल सांस्कृतिक केन्द्रको तर्फबाट अध्यक्ष हरिमाया गुरुङले सभापतित्व ग्रहण गनुभएको थियो । चलचित्र ‘नैना’को शीर्ष गीत यो मुटु मेरो भन्नु मा दुर्गा परियार र विजय लामाको स्वर रहेको छ । यस गीतको शब्द जितेन्द्र क्षेत्रीको रहेको छ भने पवन रानाको संगीत रहेको छ । गीतको संगीत सयोजन कमल सौरागको रहेको छ ।

दीप गुरुङको निर्देशनमा तयार भएको नैनामा सुरज गुरुङ, आनन्द गुरुङ र लक्ष्मी गुरुङको अभिनय रहेको छ । मधुर बस्नेतको छायाँकन रहेको नैनामा सम्पादन मेक बहादुर थापाको रहेको छ । जनक गुरुङ कथा पटकथा रहेको छ । दीप गुरुङ, सुकमान गुरुङ र एलिना गुरुङको निर्माण रहेको छ ।

कार्यक्रममा गीतसँग सम्बन्धित सम्पूर्ण कलाकारहरुलाई मायाको चिनो प्रदान समेत गरिएको थियो । चलचित्र नैना गुरुङ समुदायभित्रको कथामा आधारित रहेको छ । समुदायभित्रको कथालाई मूलधारमा ल्याउने प्रयास नैनाले गर्नेमा विश्वस्त रहेको निर्देशक दिप गुरुङले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु