विकासको लेखन, सुभाषमो निर्माणमा चलचित्र ‘पूजार सार्की’, दिनेश राउतले निर्देशन गर्ने

म्यूजिक खबर
प्रकाशित: ८ मंसिर २०८०, शुक्रबार

काठमाडौं । चलचित्र पूजार सार्की निर्माणको घोषणा गर्दै निर्देशक दिनेश राउतले सातौं फिल्मको निर्देशन गर्ने भएका छन् । जातीय विभेदविरुद्धको सन्देश दिने उद्देश्यले निर्माणको घोषणा गरिएको चलचित्र पूजार सार्कीमा विकास सुवेदी र सुभाषा भूसालको सहकार्य देखिएको छ । यतिबेला विकास सुवेदीले पटकथा लेखन गर्ने भएका छन् भने संगीतकार सुभाष भुसालले निर्माणको जिम्मा लिएका छन् ।
विकास सुवेदीसँग दिनेश राउतले सामाजिक ड्रामा ‘प्रकाश’मा काम गरेका थिए । वास्तविक घटनाक्रमबाट प्रभावित भएर बनाउन लागिएको यो चलचित्रको कुनै पनि कलाकार सार्वजनिक भएका छैनन् ।

लेखक सुवेदीले यो फिल्मको कथावस्तु कम्युनिष्ट आन्दोलनमा भूमिगत भएका वास्तविक चरित्रबाट प्रेरित हुने बताएका छन्। आफूले देखेको र भोगेको अनुभवलाई मिसाएर चलचित्रमा उतार्न लागेको सुवेदीले बताए ।

‘आफ्नै अनुभव मिसाएर फिल्म बनाउँदा त्यो बलियो हुने मेरो विश्वास छ । यो फिल्म पनि त्यस्तै हो । समाज बदल्न हिँडेको एउटा कम्युनिष्ट मान्छेले जातिय समानताको लागि आफूलाई कसरी सार्कीमा बदल्छ भन्ने कथावस्तु यसमा हुनेछ’ सुवेदीले भने ।

किंगडम नेटवर्कको ब्यानरमा ‘पूजार सार्की’लाई सुभाष भुसालले निर्माण गर्दैछन् । निर्देशक राउतले यसअघि आइएम सरी, नोभेम्बर रेन, क्लासिक, पर्व, प्रकाश र प्रसादलाई निर्देशन गरेका छन् । ‘सेल्फी किङ’मा उनी निर्माता थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु