महिला सशक्तिकरणको लघु चलचित्र ‘सलुट’

म्यूजिक खबर
प्रकाशित: ३० भाद्र २०७६, सोमबार

काठमाडौं । नेपाल चलचित्र विकास बोर्ड अन्र्तगत रहेको महिला चलचित्रकर्मी सशक्तिकरण समितिद्वारा लघु चलचित्र निर्माणको शुभारम्भ भएको छ । यही भदौ २७बाट औपचारिक रुपमा मुहूर्त गरी लघु चलचित्र ‘सलुट’को शुभसाइत गरिएको हो ।
यस लघु चलचित्रमा नयाँ पुस्ताका महिला चलचित्रकर्मीहरुको सहभागिता रहेको छ । जस मध्ये विभिन्न चलचित्र सम्बन्धी अध्यापन गराइने फिल्म कलेज ओस्कार इन्टरनेशनल कलेज, नेपाल फिल्म एकेडेमी, एभरेष्ट फिल्म एकेडेमी, आभाष लगायत स्वतन्त्र रुपमा चलचित्र क्षेत्रमा काम गर्न इच्छुक महिला चलचित्रकर्मीहरुको सहभागिता रहेको समितिको संयोजक शवनम मुखियाले जानकारी दिइन् ।

लघु चलचित्र ‘सलुट’को निर्देशनमा आशुका अर्याल, अम्बिका भण्डारी, मेरोन राजभण्डारी रहेका छन् भने संजिता लामा, प्रिया राजकर्णिकारको छायाँकन रहेको छ । सबु सुवेदीको पटकथा लेखन रहेको लघु चलचित्र ‘सलुट’को सम्पादन भने मनिषा धमलाले गर्ने भएका छन् । लघु चलचित्र पारिवारीक कथामा करियरप्रति आपसी प्रतिस्पर्धाको बारेमा रहेको छ ।

लघु चलचित्र सलुटमा मोहन राई, सेसुका राई, वसन्तराज रिजाल, चन्द्रा थापा, थमान सिंह पूर्जा पून, विष्णु ठकुरी, ओमकृष्ण भण्डारी, र समिर नेपाल, सागर रौनियारको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु