चलचित्र ‘१२ सत्ताइस’ को ट्रेलर सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २९ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । नेपाली चलचित्र ‘१२ सत्ताइस’ को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौँको बिग मुभिजमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

लाइट कमेडी जनरामा निर्माण भएको फिल्म आउँदो मंसिरको २७ गतेबाट नेपालभर सार्वजनिक प्रदर्शनमा आउने छ।

सार्वजनिक ट्रेलरमा पैसा कमाउनको लागि १२ सत्ताइस थरी काम गर्ने कथा देखाउन खोजिएको छ। जोन योञ्जनले निर्देशित फिल्ममा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, अभोन राज लगायत कलाकारको अभिनय रहेको छ।

ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यस सिनेमालाई रेणु राना, दीपक खातिवडा र रुपक थापाले निर्माण गरेका छन्। चलचित्रका लागि सह निर्माताका रुपमा गौतम शाहको लगानी रहेको छ।

फिल्मको कथा निर्देशक जोनले नै तयार पारेका हुन्। अनिश स्याङदेनले छायांकन गरेको फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गरेका छन्।

हेरौँ ट्रेलर :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु