‘अमेरिकन आइडल’ को स्टेजमा नेपालका दिवेशको स्वरको जादुको चर्चा

म्यूजिक खबर
प्रकाशित: ५ फाल्गुन २०७६, सोमबार

काठमाडौं । नेपाली गायक दिवेश पोखरेल अमेरिकाको चर्चित रियालिटी शो ‘अमेरिकन आइडल’ मा शीर्ष २० मा परेपछि चर्चामा छन् । उनी अमेरिकन आइडलको १८ औं सिजनमा शीर्ष २० मा पुगेका हुन् ।

केही वर्षयता अमेरिकामा बस्दै आएका दिवेशले नेपाली र अङ्ग्रेजी गीत गाउँदै आएका छन् । उनले युट्युब प्लेटफर्ममा ‘अर्थर गन’को नाममा अङ्ग्रेजी र नेपाली गीत अपलोड गर्ने गरेका छन् । पप शैलीका गीत गाउन रुचाउने दिवेश अमेरिकन आइडलमा छानिएपछि उनको थप चर्चा चुलिएको हो ।

दिवेशले आइडलको परिचयात्मक भिडियोमा आफ्नो परिचय दिँदै स्टेज नाम ‘अर्थर गन’ भएको र नेपाल साँच्चिकै सुन्दर देश भएको बताएका थिए ।

दिवेशले आइतवार प्रसारण भएको अमेरिकन आइडलमा दिएको प्रस्तुतिले निर्णायकको मन जितेको थियो । युट्युब भिडियोमा कमेन्ट गर्दै कतिले त दिवेशलाई सन् २०२० को अमेरिकन आइडल विजेतासमेत भन्न थालिसकेका छन् ।

हिजो ९फेब्रुअरी १६० देखि प्रसारण भएको यो रियालिटी शोमा दिवेशको प्रस्तुति हेरेर नेपालीले पनि अमेरिकन आइडल हेर्न थालेका छन् ।

गायक पोखरेलले न्यानो घर, समुन्द्र पारी, कर्णाली, मन, प्रलय ए, प्रलय बी लगायतका गीत गाएका छन् ।

अमेरिकन आइडलको निर्णायकमा लुक ब्रायन, लाइनल रिची र केटी पेरी निर्णायकको भूमिकामा छन् । निर्णायकले दिवेशको खुलेर तारिफ गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु