छोरीको जन्मदिनको अवसरमा निर्वाणले सार्वजनिक गरे बाल कथासंग्रह ‘आर्याज फेबल्स’

म्यूजिक खबर
प्रकाशित: १७ चैत्र २०७८, बिहीबार

काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीद्वारा अंग्रेजी भाषामा लिखित बाल कथासंग्रह ‘आर्याज फेबल्स’ विमोचन भएको छ । चौधरीले आफ्नो छोरी आर्या चौधरीकोको छैठौं जन्मदिनको अवसर पारेर ‘आर्याज फेबल्स’ लाई सार्वजनिक गरेका हुन्।

बिमोचन कार्यक्रममा बोल्दै निर्वाणले –‘बुवाको रुपमा मैले हरेक साँझ छोरीलाई कथा सुनाइरहेको हुन्छु । एक साँझ मलाई के लाग्यो भने यी कथाहरू हाम्रा सबै बालबालिकाहरूलाई उत्तिकै रोचक लाग्न सक्छन्,’ पुस्तक तयार पारेको विषयमा निर्वाणले भने, ‘त्यसपछि मैले छोरीलाई कथा सुनाइरहँदा रेकर्ड गर्न थाले र आज यसले पुस्तकको आकार लियो।’ भने । उनले अगाडि भने –‘चौधरी फाउण्डेसनमार्फत बालबालिकाकालागि ‘डिजिटल क्लासरूम’ र ‘शुद्ध खानेपानी कार्यक्रम’ जस्ता योजना कार्यान्वयन गरिरहेका निर्वाणले सबै बालबालिका उत्तिकै विशेष रहेको र सबैले उत्तिकै शिक्षा पाउनुपर्छ ।’

कार्यक्रममा सहभागी सबै बालबालिकालाई निर्वाण आफैले आर्याज फेबल्स उपहार दिए।

‘यस पुस्तकको बिक्रीबाट आउने रकम बालबालिकाकै हितमा प्रयोग गरिनेछ,’ उनले भने, ‘देशभरिका बालबालिकाको उपचार हुने कान्ति बाल अस्पतालको विकासमा पुस्तक बिक्रिबाट आउने रकम खर्चिने छौं।’

यस पुस्तकमा जम्मा २० बालकथा छन्। पहिलो खण्डमा १३ वटा कथा रहेका छन् भने दोस्रो खण्डमा बुवा (निर्वाण) र छोरी (आर्या)को संम्वादमा आधारित सातवटा कथा छन्।

कथाहरू बाल नैतिकतालाई केन्द्रमा राखेर लेखिएको छ। बहादुरी र लचकता, आत्मविश्वास, सधैका प्रिय मित्र, क्षमा, एउटा सकरात्मक मनस्थिती, इमानदारिता, नागरिकता र सामाजिक सिप, समयको महत्व, स्वस्थ्य जीवनशैली लगायतका कथाहरू पुस्तकमा समावेश छन्। यसमा बालआर्टलाई पनि कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ। सज्जा र डिजाइनमा निकै ध्यान दिइएको पुस्तक हार्ड कभर र गुणस्तरीय कागजमा प्रकाशित छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु