• नीता ढुंगाना अब भोजपुरी फिल्मको, यस्तो गीत सार्वजनिक (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: २७ फाल्गुन २०७५, सोमबार

    नीता ढुंगानाको भोजुपरी गीतको भिडियो सार्वजनिक भएको छ । उनको भोजपुरी फिल्म ‘शेर ए हिन्दुस्तान’को पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । यस गीतमा अभिक डोजन चतर्जी र प्रियंका सिंहको स्वर रहेको छ । उक्त गीतमा सन्तोष पुरीको शब्द तथा मधुकर आनन्दको संगीत छ ।

    यस गीतको भिडियो नेपालमा नै छायाँकन गरिएको हो ।यस फिल्ममा नीता र नरहुवाबाहेक आयुष रिजाल, सुनील थापा, सन्तोष पहल्वान र अमृत कुमार लगायतको अभिनय रहेको छ । फिल्म आउँदो होलीमा प्रदर्शनमा आउनेछ ।। यस फिल्म मनोज नायारणले निर्देशन गरेका छन् । यो फिल्ममा भारतमाथि दुस्मनले गर्न लागेको आक्रमणलाई कसरी असफल बनाइएको छ भन्ने कुरालाई मुख्य रुपम उठाइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु