• अनलाईन जुवाको आरोपमा ८ चर्चित व्यक्तिहरु पक्राउ, अन्य थुप्रै अनुसन्धानको घेरामा

    म्यूजिक खबर
    प्रकाशित: ३२ जेष्ठ २०८०, बिहीबार

    ३२ जेठ,काठमाडौं । प्रतिबन्धित वानएक्स बेट अर्थात अनलाईन जुवाको आरोपमा नेपालका चर्चित कलाकारहरु पत्रकाउ परेका छन् ।

    पक्राउ पर्नेमा हाँस्यकलाकारहरु ‘बल्छी ध्रुवे’ मरिचमान श्रेष्ठ, वर्षीय ‘म्याकुरी’ पवन खतिवडा, राजुमास्टर उर्फ राजु पौडेल, भटभटे माइला भन्ने बेगम नेपाली र सरोज घिमिरे (ढेडु बुढो) छन् ।
    त्यस्तै युट्युबरहरु अलिश राई, जलन घर्तीमगर ‘जलन’ र गणेश देवकोटा (जिडी), सरोज घिमिरे (ढेडु बुढो) र भटभटे माइला भन्ने बेगम नेपाली छन्।

    अनलाइन बेटिङ अर्थात् अनलाईन जुवाको प्रचारप्रसार तथा प्रबर्द्धन गरेकोे आरोपमा उनीहरुलाई बुधबार पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार -अनुसन्धानको लागि म्याद थपको तयारी भइरहेको र थप आधा दर्जन कलाकार अनुसन्धानको घेरामा रहेका छन् ।

    उनीहरूलाई प्रहरीले निगरानी गरिरहेको थियो। युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
    उनीहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ।
    यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो। त्यसरी अपरेसन चलाएर बुधबारमात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

    नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ को ९२० को उपदफा ९१० को ९क०मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र उपदफा ९ख०मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु