फिल्म पढ्न चाहने २४ जनालाई ओस्कारको छात्रवृत्ति

म्यूजिक खबर
प्रकाशित: २५ माघ २०७७, आईतवार

काठमाडौं । नेपालको ओस्कार कलेजले यो वर्ष २४ जना विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने घोषणा गरेको छ । कोरोना भाइरसको महामारीका कारण फिल्म पढ्न चाहने विद्यार्थीको सपना पैसाकै कारण नरोकियोस् भन्ने मनसायले २४ जनालाई छात्रवृत्ति दिन लागेको कलेजले जनाएको छ । जसमध्ये २० जनालाई ‘कोभिड रिलिफ स्कलरसीप अवार्ड’ प्राप्त गर्नेछन् भने बाँकी ४ जनालाई ‘फिल्म एन्ड मिडिया प्रोफेसनल स्कलरसीप अवार्ड’ प्रदान गरिनेछ ।

‘कोभिड रिलिज स्कलरसीप अवार्ड’ पाउने विद्यार्थीले ४ वर्षको अवधिमा विभिन्न आर्थिक सहयोग पाउनेछन् । यसैगरि ‘फिल्म एन्ड मिडिया प्रोफेसनल स्कलरसीप अवार्ड’ पाउने विद्यार्थीले पढाइ अवधिभर लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् ।

कलेजले ‘फिल्म एन्ड मिडिया प्रोफेसनल स्कलरसीप अवार्ड’ले आफूहरुबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वासका साथ यस्तो छात्रवृत्तिको घोषणा गरेको जनाएको छ । ओस्कार कलेजमा पढेर यो छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले मिडिया तथा फिल्म उद्योगमा सक्रियताका साथ ५ वर्ष काम गरेको हुनुपर्नेछ ।

आजभन्दा १६ वर्ष अघि स्थापना भएको ओस्कार कलेज फिल्म पढाउने नेपालको पहिलो कलेज हो । यसले सिंगापुरको इन्फिनिट स्टुडियोसँगको सहकार्यमा विभिन्न गतिविधि गर्नुका साथै स्टुडियोले अन्तिम वर्षमा पढ्ने ५ जना विद्यार्थीलाई पनि छात्रवृत्ति दिँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु