निशा घिमिरेको स्मृतिमा पवित्रा र उषालाई २५ हजार पुरस्कार सहित सम्मान

म्यूजिक खबर
प्रकाशित: २३ भाद्र २०७९, बिहीबार

काठमाडौं । दिवंगत मोडल तथा अभिनेत्री निशा घिमिरेको नाममा स्थापित निशा घिमिरे स्मृतिकोषले एक समारोहको आयोजना गर्दै अभिनेत्री कोरियोग्राफर तथा मोडल पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई जनही २५ हजार सहितको पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।

निशा घिमिरे स्मृति कोषका संयोजक दुर्गानाथ दाहालको सभापतित्वमा सम्पन्न उक्त समारोहमा नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी, सञ्चारकर्मी प्रकाश सुवेदी र नवजीवन परोपकार समाजलाई निशा घिमिरेको उपचारार्थ सहयोग र व्यवस्थापन गर्नु भएकोमा सम्मान गरिएको छ ।


कोषका सदस्य सचिव मोहन निरौलाले स्वागत मन्तव्य दिएको उक्त समारोहमा विशिष्ट अभिनेत्री तथा प्रथम नायिका भुवन चन्द, विशिष्ट अभिनेत्री मिथिला शर्मा, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, विशिष्ट चलचित्रकर्मी लय संग्रौला, बरिष्ठ सञ्चारकर्मी शान्तिप्रिय, संगीतकार सन्तोष श्रेष्ठ अतिथिको रुपमा हुनुहुन्थ्यो ।

कलाकार, सञ्चारकर्मी र समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको उक्त समारोहमा हालै दिवंगत हुनु भएका ड्रेस डिजाइनर उद्धव भट्टराईको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो भने कोषका सदस्य सचिव मोहन निरौलाले उद्धव भट्टराईको परिवारलाई कोषवाट १० हजार सहयोग प्रदान गरिने घोषणा पनि गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु