• पापाकी परी म भन्दै आइन् उमा, छमछमी नाचिन् रुबिना

    म्यूजिक खबर
    प्रकाशित: २१ श्रावण २०८०, आईतवार

    काठमाण्डौ । तीजका गीतहरुले राताम्य भइरहेको सांगीतिक बजारमा ‘पापाकी परी’ बोलको गीत थपिएको छ । गीतमा लोक तथा दोहोरी गायिका उमा श्रेष्ठको स्वर रहेको छ । अमृत खाती र नरेन्द्र वियोगीको पनि सामुहिक स्वर सुन्न सकिन्छ ।
    प्रस्तुत गीतलाई लय तथा शब्द सिर्जना श्रीकृष्ण बम मल्लले भरेका छन् । गीत अनुसार म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोलाई रुबिना अधिकारीको साथमा जोहन बम, बिनोद सेवान र अनिल परियारको अभिनय रहेको छ ।

    बिक्रम चौहान द्वारा निर्देशित भिडियोलाई छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन लक्ष्मण चुहंले गरेका छन् ।
    गीतलाई उमा श्रेष्ठ युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु