विष्णु खत्रीको ‘परान बाँकी छ’ २ नम्बर ट्रेन्डिङमा, मायाको माध्यमबाट ७७ जिल्लाको वर्णन

म्यूजिक खबर
प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार

काठमाडौं । लोकप्रिय गायक तथा सर्जक विष्णु खत्रीको शब्द तथा लय सिर्जनामा तयार भएको गीत ‘परान बाँकी छ’ यतिखेर ट्रेन्डिङको यात्रा पछ्याउँदै अगाडि बढेको छ । यो समाचार तयार पार्दासम्म ट्रेन्डिङको २ नम्बर यात्रा गरिरहेको छ । यस गीतले चार लाख ९० हजार दर्शकको माया पाइसकेको छ भने १३ सय ७० दर्शकको प्रतिक्रिया पाइसकेको छ ।
यस गीतलाई पछिल्लो समय चर्चामा आएका दुई बालकलाकार सुप्रिम मल्ल ठकुरी र पूजा देवकोटाको स्वर रहेको छ । सम्भावना बोकेका दुई गायक गायिकाको स्वरमा रहेको यस गीतमा गायक तथा सर्जक खत्रीले नेपालको ७७ जिल्लाको वर्णन गरेका छन् । माया प्रेमको माध्यमले मुलुकका जिल्ला तथा पर्यटकीय स्थलहरुको वर्णन गरिएको यो गीतलाई स्रोताहरुले अत्यधिक मन पराइदिएका छन् । यस गीतको संगीत संयोजक भने कृष्ण केसी हुन् । गीतको मिक्सिङ भने श्यामश्वेत रसाइलीले गरेका छन् ।

गीतको म्यूजिक भिडियो भने सामान्य रुपमा निर्माण गरिएको छ । वाद्यवादक टिमसहित गायक गायिकालाई प्रस्तुत गरिएको यो भिडियो भने कृष्ण केसीको स्टुडियो प्रो १ एचडीमा सुटिङ गरिएको छ । जनता डिजिटलले पोष्ट प्रोडक्सन गरेको यो भिडियोलाई करण चैंसिरले खिचेका हुन् भने अमृत चापागाईंले समपादन गरेका छन् । भिडियोलाई सर्जक विष्णु खत्रीले नै निर्देशन गरेका छन् । भिडियो सर्जक विष्णु खत्रीकै यूट्यूब च्यानलबाट अपलोड गरिएको छ । भिडियो अपलोड भएको छोटो समयमा नै सामाजिक सञ्चालहरुमा चर्चा बटुल्न सफल भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु