पललाई निरन्तर पुजाको साथ, कारागारमै पुगेर मनाइदिइन् जन्मदिन

म्यूजिक खबर
प्रकाशित: १० फाल्गुन २०७९, बुधबार

काठमाडौं। आज नायक पल शाह (पूर्णविक्रम)को जन्मदिन हो । सन् १९८९ फेब्रुअरी २२ मा दागंमा जन्मिएका शाह आजबाट ३४ वर्षमा लागेका छन् ।

जन्मदिनको अवसरमा उनलाई उनका सर्मथक, शुभेच्छुक, आफनत र सार्थीभाई बिहानदेखि बधाई तथा शुभकामना दिइरहेका छन्

अभिनेता पलले भने कारागारमै जन्मदिन मनाए । तनहुँ जिल्ला कारागारभित्रै जन्मदिन मनाउनका लागि उनलाई भेट्न केही कलाकार पुगे।

पललाई जन्मदिनको शुभकामना दिन अभिनेत्री पूजा शर्मा र निर्देशक शोभित बस्नेत पनि कारागारमै पुगे।
कारागार प्रशासनले आफन्त र केही साथीभाइको उपस्थितिमा केक काटेर जन्मदिन मनाउन शाहलाई अनुमति पनि दिएको हो ।

तनहुँ जिल्ला अदालतले जबरजस्ती करणीको मुद्दामा सफाइ दिएपनि पलले नवलपुर जिल्ला अदालतले बालयौन दुर्व्यवहारको मुद्दामा सुनाएको साढे दुई वर्ष जेल सजाय काटिरहेका छन्। नवलपुर अदालतको फैसलाविरुद्ध पल शाह उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु