नाबालिका पछि उनका बुबाले पनि फेरे बयान

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०७९, मंगलवार

काठमाडौं । पीडित नाबालिकापछि उनका बुबाले पनि बयान फेरेका छन् । तनहुँ जिल्ला अदालतमा भएको बकपत्रमा आफूले सुनेको भरमा जाहेरी दिएको भन्दै उनले बयान फेरेका हुन् ।
२ दिन अगाडि पीडित नाबालिकले आफूलाई पलले बलात्कार नगरेको बताएकी थिइन् । यता पीडितका बुबाले पनि आफूले सुनेको भरमा जाहेरी दिएको तर नदेखेको वयान अदालतमा दिएका छन् ।
पीडितका बुबा अगाडि गायक दुर्गेश थापालाई पनि बकपत्र गराइएको थियो । पीडित नाबालिकका बुबाले जिल्ला प्रहरी कार्यलय तनहुँमा जाहेरी दिने क्रममा पल शाहले देखावटी मायाप्रेमको बहाना गर्दै छोरीलाई जबरजस्ती करणी गरेको उल्लेख गरेका थिए । पिडित र उनका बुवाले बयान फेरेपछि पल शाह विरुद्धको जर्बजस्ती करणीको मुद्धा कमजोर बनेको छ ।
नाबालिक गायिकाले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यलय, तनहुँमा उजुरी दिएपछि नायक पल शाहले फागुण १५ गते प्रहरीसमक्ष आत्मसर्मपण गरेका थिए । शाह विगत डेढ महिनादेखि थुनामा छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु