खरेलको १७ औं कृति ‘टिलो’ सिक्किममा सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १४ बैशाख २०७८, मंगलवार
pawan chamling

सिक्किम । कथाकार शंकर खरेलको १७ औं कृति ‘टिलो’ कथासङ्ग्रह सिक्किममा सार्वजनिक भएको छ । सिक्किम राज्यमा २५ बर्ष मुख्यमन्त्री चलाएका सिक्किम प्रजातान्त्रि मोर्चाका अध्यक्ष पवन चामलिङले कथासङ्ग्रहको विमोचन गरे । सिक्किमको सुन्दरतम् नाम्जीमा आयोजित एक विशेष समारोहमा असंख्य नेपाली भाषीमाँझ ‘टिलो’ सार्वजनिक भएको हो । विमोचनमा विराटनगरका मेयर भीम पराजुली, एसपी सन्तोष खड्का, कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, सुमित खड्का, सुमन गिरीलगायतले साथ दिएका थिए ।

न्यू सृष्टि दैनिकले प्रकाशित गरेको कथासङ्ग्रहमा २१ कथा छन् । १५४ पृष्ठको पुस्तकमा कथाकार खरेलले समसामयिक विषयका कथा लेखेका छन् । खरेलका यसअघि उपन्यास, कथा, कविता, बायोग्राफीसहित १६ कृति सार्वजनिक भइसकेका छन् । ‘टिलो’ भनेको मान्छे मरेपछि शव अन्तिम संस्कारका लागि लग्दै गर्दा लाभा, अबिर, फूलसँगै सडकमा फ्यालिने मुद्रा हो । पुस्तकको आवरण चर्चित कलाकार विक्रम श्रिले तयार गरेका हुन भने भाषा सम्पादन चूणामणि नेपाल अकिञ्चनले गरेका छन् । कथासङ्ग्रहमा समाजकै कथा व्यथालाई सहज रुपमा चित्रण गर्न खोजिएको छ र, प्रस्तुति निकै रोचक रहेको समिक्षकहरूले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु