जातीय विभेद बिरुद्ध २ दर्जन कलाकारको ऐक्यबद्धता

म्यूजिक खबर
प्रकाशित: ३२ श्रावण २०७७, आईतवार

काठमाडौँ । जातीय बिभेद बिरुद्ध सन्देशमुलक गीत ‘जातीय भेदभाव’ सार्वजनिक भएको छ । बिन्दु बिसी र प्रकाश बराईली “अभिब्यक्ती” को स्वर रहेको सो गीतमा पत्रकार, गीतकार एबं निर्देशक प्रकाश बराईली ‘अभिब्यक्ती’ ले शब्द लेखेका हुन्। गायक एबं संगीतकार रमेश बिक्रम रत्नले उक्त गीतमा संगीत गरेका हुन् । प्रकाश बराईली ुअभिब्यक्तीु कै निर्देशन तथा छायांकन रहेको गीतमा राम सिंह भाटको सम्पादन, राजु रिजालको सह छायांकन रहेको छ

उक्त गीतको भिडियोमा चर्चित कलाकारहरु शिब बिक, चन्द्र शर्मा, शंकर बिसी, शिवन पोखरेल, होम धिताल, राकेश शोनी, टिका भुजेल, प्रकाश बराईली “अभिब्यक्ती”, ध्रुब हिमाली, निर आले मगर, राज कुमार रायमाझी, राजु रिजाल, दिपाशा बिसी, रिना थापा मगर, आशा भुसाल, अनिता बस्नेत, मैना रेश्मी मगर, बर्षा शिलवाल, उषा सुबेदी, रितु तामाङ, सोनम गुरुङ, बिन्दु बिसी, बन्दना नेपाल, आईसा राई आदीको अभिनय रहेको छ ।

औं शताब्दी सम्म आईपुग्दा पनि दलित समुदायमाथी हरेक प्रकारका दमन, अत्याचार, शोषण, हत्या, हिंसा लगायत अन्य जघन्य अपराधहरु घटेका छन् । एक समुदायले अर्को समुदायलाई माया प्रेम गर्दा गत जेठ महिनामा रुकुमको सोतीमा नवराज बिक लगायत अन्य ५ जना युवाहरुले ज्यान गुमाउनु परेको छ ।

त्यसपछि कोरोनाको विषम परिस्थीतीमा पनि दलित समुदाय प्रती क्वारेनटाईनमै छुवाछुत, दलित महिलामाथी बलात्कार, हत्या हिंसा जस्ता जघन्य अपराध भएको लकडाउनको बेला राजु सदा, सम्भु सदा, अंगीरा प्यासी लगायत अन्यले ज्यान गुमाउनु परेको छ । जुनसुकै पार्टीले पनि दलितलाई चुनावमा प्रयोग गर्ने गरेको पाईन्छ ।

मानव मानव बिच किन भेदभाव हु्न्छ रु दलित समुदाय के मानव हैन र ? दलितको मन हु्ँदैन र ? दलित समुदायको पनि रगत रातै हुन्छ । किन दलित समुदायलाई अमानविय व्यवहार गरिन्छ रु यस्तो दुर्व्यवहार हटाउनु पर्छ भन्ने यो गीतको शब्द तथा भिडियोले सन्देश दिन खोजेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु