प्रदीप खड्का र रेनु योगी अभिनित चलचित्र ‘प्रकाश’ निर्माण हुने

म्यूजिक खबर
प्रकाशित: ४ फाल्गुन २०७७, मंगलवार
Pradip Khadka

काठमाडौं । अभिनेता प्रदीप खड्का र रेनु योगीको मुख्य भूमिका रहने फिल्म ‘प्रकाश’ निर्माण घोषणा भएको छ । मंगलबार एक कार्यक्रमका बीच दिनेश राउतको निर्देशन रहने ‘प्रकाश’ निर्माण घोषणा भएको हो ।

फिल्म फागुनको दोस्रो साताबाट छायाँकन हुनेछ । रेनुको यो पहिलो फिल्म हो ।

फिल्ममा प्रदीप र रेनु बाहेक अलवा दीया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु