• वास्तविक जीवन कथामा आधारीत मर्मश्पर्शी गीत ‘गुमेका चिज आउँदैनन् फर्केर’

    म्यूजिक खबर
    प्रकाशित: २ भाद्र २०८१, आईतवार

    काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक बजारमा सार्वजनिक हुने गीतहरु व्यवसायिक धारमा निर्माण हुने गरेका छन् । सार्वजनिक हुने गीतहरुको आधारमा यो समय डान्सिङ बिट र भ्यूजलाई नै केन्द्रित गर्दै गरिएका गीतहरुको समय नै हो भन्दा फरक पर्दैन । तर यहि माहौलमा एउटा सामाजिक र मर्मश्पर्शी गीत सार्वजनिक भएको छ ।

    सञ्चारकर्मी समेत रहेका गीतकार प्रकाश बराइली ‘अभिव्यक्ति’ को शब्द रहेको गीत ‘गुमेका चिज आउदैनन् फर्केर’ सार्वजनिक भएको छ । गीतलाई रमेश शिवशंकरले प्रस्तुत गरेका हुन् ।

    पछिल्लो समयमा रुचाइएकी बालगायिका कल्पना विष्ट र धनकुमारी गौचनको स्वर रहेको छ । रमेश बिक्रम रत्नको संगीत रहेको गीतलाई हेमन्त शिशिरले संगीत संयोजन गरेका हुन् । लक्षु प्रकाश मल्लले रेकर्डिङ गरेको गीतलाई मनोज डंगोलले मिक्सिङ गरेका हुन् ।

    गीतको भिडियोमा सृुरबीर पण्डित ‘दाह्री बा’, गायिकाद्वय धनकुमारी र कल्पना स्वयंले समेत अभिनय गरेका छन् । प्रकाश बराइलीकै निर्देशन तथा छायांकनमा तयार भएको भिडियोलाई बिरेन्द्र भाट ‘बिपिन’ले कलरिङ तथा सम्पादन गरेका हुन् । लोकेश भाटले सहसम्पादन गरेका हुन् ।

    गीतमा गुमेका चिज अनि बितेका कुराहरु फर्केर आउदैनन्, गुमिसकेका चिजहरु पाउन मुस्किल हुन्छ । गुमेका चिजहरुको पछि मात्र महत्व हुन्छ, जे छैन अनि जो ब्यक्ति छैन त्यसको महत्व धेरै हुने गर्छ भन्ने कुरा गीतमा प्रस्तुत गर्न खोजिएको छ ।

    ‘गुमेका चिज आउदैनन् फर्केर’ गीत ७३ बर्षिय गायिका धन कुमारी गौचनको वास्तविक कथामा आधारित गीत हो । निजको छोरा केही बर्ष अघी प्रदेशमा स्वर्गिय भए भने त्यसको लगत्तै केही बर्षमा उनको श्रीमानको पनि स्वर्गारोहरण भएको थियो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु