विन्ध्यवासिनीका संचालक रेग्मीविरुद्ध ५७ कलाकारको हस्ताक्षरसहित प्रहरीमा उजुरी

म्यूजिक खबर
प्रकाशित: २३ पुष २०७७, बिहीबार
Pramod Kharel

काठमाडौं । विन्ध्यवासिनी म्यूजिक प्रालिले गायक प्रमोद खरेलविरुद्ध प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी गरेपछि सुरु भएको विवाद यतिखेर चर्चामा छ । विन्ध्यवासिनी म्यूजिक विरुद्ध यतिखेर कलाकारहरुले हस्ताक्षर अभियान संचालन गरिरहेका छन् । आफ्नो एल्बम फिर्ता पाउन माग गर्दै अर्काको लगानीमा कम्पनीले आर्थिक शोषणसहित गालीगलौज गरी मानहानी गरेको भन्दै हस्ताक्षर अभियानमा लागेका हुन् ।

विन्ध्यवासिनी म्यूजिकका संचालक सुवास रेग्मीले सामाजिक सञ्जाल लगायत विभिन्न ठाउँमा कलाकारलाई गाली गलौज र मानहानी हुने गरी प्रस्तुत हुँदै आएको विषयमा केन्द्रित रहेर महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएका छन् । सामूहिक हस्ताक्षरसहित कलाकारको मानहानी गरिएको भनी उजुरी दर्ता गरिएको हो । त्यस्तै कलाकारले आफ्नो लगानीमा निर्माण भएका सिर्जनाहरु फिर्ताका माग गरिएको छ । गायक गायिकाहरुले आफ्नो लगानीका सिर्जनाको प्रतिलिपि अधिकार आफैंमा फिर्ता गर्न अभियान समेत चलाएका छन् । उजुरीमा कलाकारले आफ्नो सिर्जना फिर्ता माग्दा सद्भावपूर्ण अभिव्यक्तिको सट्टा गालीगलौज गरेको भन्दै कारवाहीको माग गरिएको छ ।
स्मरण रहोस् यसभन्दा पहिला प्रस्तोता समाज नेपालले पनि गायक प्रमोद खरेलको पक्षमा उभिएर विज्ञप्ति जारी गरिसकेको छ । समाजले विन्ध्यवासिनीबाट प्रकाशित गायक खरेलको एल्बमको अधिकार खरेलमा नै निहीत रहेको स्पष्टिकरण दिएको थियो ।



विन्ध्यवासिनी–खरेल विवादः गायक खरेलको पक्षमा उभियो प्रस्तोता समाज

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु