प्रतिमा पोख्रेललाई दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान प्रदान गरिने

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०७८, सोमबार
Pratima Pokharel

काठमाडौं । नेपाल स्रष्टा समाजले वर्ष २०७८ का लागि दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान साहित्यकार तथा सामाजिक अभियन्ता प्रतिमा पोख्रेललाई प्रदान गर्ने भएको छ । भोजपुरको अरुण गाउँपालिकाकी प्रतिमा साहित्य तथा समाजसेवामा सक्रिय हुनुहुन्छ । उहाँले विपन्न तथा सहाराविहीन बालबालिकाको अध्ययनमा विगत केही वर्षदेखि विभिन्न प्रकारले योगदान गर्दै आउनुभएको छ ।

यस सम्मानका लागि समाजको २०७७ पुष २४ गते बसेको वैठकले वरिष्ठ साहित्यकार श्री मञ्जु काँचुलीको संयोजकत्वमा श्रीओम श्रेष्ठ रोदन र पुष्पा खनालसहितको एक सिफारिस समिति गठन गरेको थियो । सम्मानका लागि प्राप्त नामहरूमध्ये समितिले छानबिन गरी श्री प्रतिमा पोख्रेलको नाम सिफारिस गरेको हो ।

एक सम्मान पत्र र रू. एघार हजार एक सय एघार राशिसहितको यो सम्मान दमन्ता खनालको जन्मजयन्तीका अवसरमा २०७८ वैशाख ९ गते एक विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने छ । यो सम्मान गत वर्ष पाल्पाकी श्री इन्द्रा गहतराजलाई प्रदान गरिएको थियो । त्यसअघि देउडा गायक डीक्रा वादी तथा साहित्यकार एवम् सञ्चारकर्मी सिर्जना शर्मा यस सम्मानबाट विभूषित भइसक्नु भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु