४६ वर्षमा जुम्ल्याहा बच्चाकी आमा बनिन् बलिउड अभिनेत्री प्रीति जिन्टा

म्यूजिक खबर
प्रकाशित: २ मंसिर २०७८, बिहीबार

एजेन्सी । बलिउड अभिनेत्री प्रीति जिन्टा ४६ वर्षको उमेरमा जुम्ल्याहा बच्चाकी आमा बनेकी छिन् ।

बिहिबार उनी र उनका श्रीमान जिन गुडइनफले प्रशंसकलाई इन्स्टाग्राम पोस्टमार्फत् आफ्ना जुम्ल्याहा बच्चा जन्मेको घोषणा गरेका हुन्।

इन्स्टाग्राममा प्रीतिले श्रीमान जीनका साथमा खिचेको फोटो राख्दै लेखेकी छिन्, ‘नमस्ते सबैलाई, म आज तपाईंहरु सबैसँग हाम्रो खुसीको समाचार सुनाउन चाहन्छु। जीन र म अत्यन्तै हर्षित छौं र हाम्रो हृदय कृतज्ञता र मायाले भरिएको छ किनकी हामीले हाम्रा जुम्ल्याहा बच्चा जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई परिवारमा स्वागत गरेका छौं। हामी जीवनको नयाँ चरणबारे उत्साहित छौं।’

प्रीति र जीनका बच्चा सरोगेसीबाट जन्मेका हुन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु