‘प्रेम गीत–३’ रिलिज डेट घोषणा

म्यूजिक खबर
प्रकाशित: ११ बैशाख २०७६, बुधबार

काठमाडौं । चर्चित फिल्म निर्माण कम्पनी आसुसेन फिल्म प्रोडेक्सनले निर्माण गर्न गैरहेको चलचित्र ‘प्रेम गीत–३’ आगामी चैत २८ गते देशभर सार्वजनिक हुने भएको छ । निर्माता सन्तोष सेनले यो मितिमा चलचित्र प्रदर्शन गर्ने पक्का भएको पुष्टि गरे ।

चंखे शंखे पंखे, प्रेम गीत, प्रेम गीत २, मेरी मामु पछि आसुसेनले निर्माण गर्न लागेको यो चलचित्र पाँचौं प्रोजेक्ट हो । चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्ने निर्माण टिमले जनाएको छ । हालसम्म निर्माण टिमले प्रेम गीत ३ का लागी निर्देशकबाहेक अन्य कुरा सार्वजनिक गरेको छैन । निर्माता सन्तोष सेनले केहि हप्तामै चलचित्रका कलाकारहरु, छायाँकन स्थल देखी सम्पुर्ण कुरा विशेष पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराउने बताए । उनले भने, ‘हामीले भ्रर्खरै प्रदर्शन मिति फाइनल गरेका हौं, अब पत्रकार सम्मेलनमा सम्पुर्ण कुरा जानकारी गराइनेछ र हामी छायाँकनमा जानेछौं ।’

यो चलचित्रमा प्रदीप खड्का मुख्य भुमिकामा काम गर्ने हल्ला भएपनि निर्माण टिमले आधिकारिक रुपमा कुनैपनि कलाकारको नाम सार्वजनिक गरेको छैन । यद्यपी, हालै सार्वजनिक गरिएको थिम पोष्टरमा भने प्रदीप खड्काकै लुक्स रहेको अनुमान गर्न सकिन्छ ।

प्रेम गीतले १ सय बर्ष अगाडिको कथालाई प्रस्तुत गर्ने बुझिएको छ । चलचित्रलाई ‘निषेध गरिएको प्रेमकथा’ भनिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु