चलचित्र प्रेम संसारलाई दुई दिनमा ६१ लाखको ब्यापार

म्यूजिक खबर
प्रकाशित: २९ मंसिर २०७६, आईतवार
Prem sansar

काठमाडौं । गएको शुक्रबारबाट प्रदर्शन भइरहेको चलचित्र ‘प्रेम संसार’ले दुईदिनमा ६१ लाख बढीको ब्यापार गरेको छ । शुक्रबार र शनिबारको कलेक्सन सार्वजनिक गर्दै प्रेम संसारको अफिसियल पेजमा दर्शकलाई धन्यवाद ब्यक्त गरिएको छ । चलचित्रले दुईदिनमा ६१ लाख २५ हजारको ग्रस कलेक्सन गरेको बताइएको छ ।
चलचित्र प्रदर्शनको दिन राजधानी लगायत बाहिरका जिल्लामा परेको बर्षातले चलचित्रलाई केहि असर गरेतापनि हलमा दर्शकको संख्या खासै नघटेको चलचित्रका निर्माता तथा नायक प्रेम बहादुर सुनारले जानकारी दिए । उनका अनुसार शुक्रबार भन्दा शनिबार दर्शकको संख्या बढेको थियो । यस्तै आइतबार हलमा दर्शकको संख्या मध्यम रहेको बताइएको छ । चलचित्रका निर्देशक राम गौतमका अनुसार चलचित्रको माउथ पब्लिसिटीले गर्दा दर्शक बढेका छन् ।

सोनी फिल्मस् प्रा।लीको ब्यानरमा निर्माण भएको यो चलचित्र राम गौतमले निर्देशन गरेका हुन् भने चलचित्रमा निर्माता प्रेमकै कथा रहेको छ । चलचित्र पारिवारिक प्रेमकथामा आधारित छ । चलचित्रमा प्रेम र मोनिकादाहालको मुख्य भूमिका रहेको छ । यस्तै आयुष्मा कार्की, विविशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल वि।कलगायतका कलाकारहरुको पनि अभिनय छ । दिपेन्द्र बस्न्यातले चलचित्र खिचेका हुन् । कमल सुनार र सीता सुनार पनि निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता उतम केसी र देविन गहतराज हुन् । चलचित्रमा शंखर महर्जनको एक्सन छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु