• प्रिय रितु : समिर प्रकाश पाण्डे

    म्यूजिक खवर
    प्रकाशित: ३ असार २०७६, मंगलवार
    प्रिय रितु
    मेरो सम्झनाको अर्को एक अध्याय; दिनभरको “ड्यूटी” सकेर आफ्नो डेरा तिर फर्कदै छु। सुर्यको गोलो केही मधुर हुँदै क्षितिज तिर बिलुप्त हुने संघारमा छ । शिर शिर बतास सँगै मौसम चिसिदै छ, शहरका बत्तिहरू बिस्तारै जाग्दैछन् साँझको बेला अनी बिदेशी शहर हेर्न लाएका हुन्छन् । अनेक रंगीबिरंगी बत्तिहरू र यसै बिचमा शहरको मादकता सँगै हामी यात्रा रत छौ ।
      सुवास दाजु, उमेरले म भन्दा केहि महिना मात्र जेठा हुनुहुन्छ। म यता आईसकेपछीका निरन्तरका सहयात्री, भन्नु पर्ने साथी हो तर हामी हाम्रै पाराका छौ, दाजु भन्दा उहाँ खुसी, आफुलाई सझिलो हुने। खासै कसैसँग नखुल्ने खालका मान्छे तर कतिपए मिल्दा जुल्दा गुणका कारण यदाकदा उहाँको जीवनका केही पानाहरू पढ्ने अवसर चाहिँ जुट्छ बेला बेला, हल्का सन्किया पाराका दाजु झ्याप्पै डिसिजन गरेर छुट्टिमा प्लान बनाउने उहाँ नै हो । मैले दाजु भनेर सम्बोधन गरेता पनि उहाँले मलाई “जि” भनेर बोलाउने गर्नुहुन्छ । बेलाबेलामा त भन्ने पनि गर्छु दाजु “जि” भन्दा भाई नै भनेर बोलाउनु न तर बुढाले सुने पनि नसुनेझै गर्छन् । फेरि उहि “जि” सुरु भयो ।
         “समिर जी, भोली त छुट्टि दिनभर त बिजी हुनुहुन्छ, बेलुकी के प्लान बनाउनु भयो त?” उहाँका कुरा कान सम्म त आए तर म अरू कुनै बिषयमा घोत्लिएको छु। “समिर जी!” उहाँ फेरी दोहोराएर मेरो नाम पुकार्नु भयो। बल्ल मेरो ध्यान दाजु तिर खिचियो। बाहिरको बगैंचामा चलिराखेको प्रेमलाप देखाउँदै उहाले यहाँ सधैं प्रेम जोडिहरु भेटिने कुरा सुनाउनु भयो। साँच्चै वातावरण कामुक थियो त्यहाँ केहि प्रेमिल जोडिहरु छताछुल्ल भै भुइँमा पोखिएका थिए तर परदेशमा यस्ता कुरा समान्य लिन्छन् हामीले भने आँखाले कल्पना गरेर काम कुरो भ्याईसक्छौ ।
     “दाजु तपाईं यता आएको त धेरै वर्ष भयो, अनी कहिले कसो यो पार्कले तपाईंलाई स्वागत गर्ने अवसर पायो की पाएन त?” म हाँस्दै उहाँलाई प्रश्न गरें।
     “समिर जी, हामी ठुलो जिम्मेवारी सहित प्रदेश भासिएका छौ।  “बुढा गम्भीर हुँदै गए”, म पनि आफ्नो अाज सम्मको बसाईमा पार्क सँगैको बाटोमा गाडीमा हिड्नु भन्दा अलवा भित्र छिरेको छैन। नजिकका साथीहरू कहिले कसो कर गर्थे तर मलाई रूचि लाग्दैनथ्यो। गफ गर्दागर्दै हामी मेरो रुम नजिकै पुगिसकेछौ । दाजुको प्लान वाला प्रश्नको जवाफ सायद हाम्रो गफको प्रसंगमा प्रवेश नै गरेन्छ।  गाडीबाट ओर्लदा ओर्लदै दाजु केहि प्लान बनेछ भने खबर पाम हई भन्दै मुस्कुराउदै दाजुलाई बिदाईको हात हल्लाएँ । दाजु मुस्कानलाई दबाएर निशव्द आफ्नो बाटो लाग्नु भयो, म पनि गेट भित्र प्रवेश गरें।
    सरासर आफ्नो रूममा पुगें। दिन भरीको कामको बोझलाई थन्क्याउनु थियो। म फ्रेस हुन बाथरूममा छिरे। आफुलाई फ्रेस पारी सक्दा बेलुकाको आठ बज्दै थियो। कफिको कप संगै भित्तामा टाँगीएको निर्जिव टिभीलाई सजिव बनाएँ।
    मोबाईलमा घण्टी बज्यो, माधव भाई मेरो गाउले उमेरमा थोरै मात्रै कान्छो, उ पनि अहिले यतै आएको छ। फोन उठाएर हेलो पनि भन्न नपाउदै उ एकै स्वारमा “आज पार्क अगाडी बाटै जानुभयो दाजु, म हात हल्लाईराथे देख्नुभएन। तपाई ठुलो मान्छे त्यसैले सानोलाई देख्नु भएन।” उसले आक्रोश पोख्यो। मैले जेनतेन सम्झाउन कोसिस गरें अनी उसलाई आज यतै मेरोमा आउन आग्रह गरें।
    “ठिक छ दाजु, आज मेरो ड्यूटी छैन म आउछु, आजु रमाईलो गर्नु पर्छ।” उ सहमति संगै फोन राख्यो। म भाईको स्वागतको लागी तयारी गर्न तिर जुटें।
    केही समयको अन्तराल पछि पुन: फोनको घण्टी बज्यो, उही माधव भाईकै थियो। फोन उठाएँ। “दाजु म तपाईको गेटमै छु, अनी यहाँको गाडले केरकार गरेर मलाई हैरान पार्यो छिट्टै आउनु पर्यो,” उसले फोन काट्यो। म बाहीर निस्किएँ। अनी गाडलाई सबै बिबरण बुजाएर उसलाई भित्र लगें। केटोको अनुहारमा आक्रोस संगै खुसी छल्किएको थियो। सायद बिरानो मुलुकमा गाउलेको साथ अनी आत्मियताले हुनुपर्छ।
        उसको लागि पनि कफी लिएर आएँ। “अरे वा दाजु भाईको लागी पुरा तयारीका साथ बस्नुभएको रैछ त।” उ हर्षित थियो। “हेर्दै जाउ अझै के के तयारी हुन्छ। तर तिमीले पनि साथ दिनु पर्छ नी।” उसलाई उल्काएँ।
      यत्तिकैमा मलाई सुवास दाईलाई पनि डाक्ने सोंच पलायो। दाजुलाई फोन लगाएँ। एकै पटकमा फोन उठ्यो। दाजुलाई आउन आग्रह गरें। मेरो देखी नजिकै थियो दाजुको बसाई। उहाँले संकोच मान्नु भयो। तर पनि  मैले कर गरेपछी जसोतसो आउने कुरामा राजी हुनुभयो।
    रात छिप्पिदै छ। माधव अनी म खानाको तयारीमा जुट्यौ। दुबै भाई गाउँ ठाउँका गफ गर्दै अनी एक अर्काको कामको बारेमा गफिदै सबै तयारी करिबकरिब पुरा गर्दै थियौं। यत्तिकैमा ढोकाको घण्टी बज्यो। माधवलाई ढोका खोल्न आग्रह गरें। ढोकामा सुवास दाजु हुनुहुन्थ्यो माधव अल्मलियो, मैले भित्रैबाट दाजुलाई भित्र आउन आग्रह गरें। माधव अनी सुवास दाजुलाई एक अर्कासंग परिचित गराएर सहजता प्रदान गर्ने कार्य गरें।
          जुट्नु पर्ने सबै जना जुटीसकेका थियौं, अनी जुटाउनु पर्ने पनि जुटाई सकेका थियौं। समयलाई खासै धेरै खर्च नगरी केही सितन संगै एउटा खम्बा लिएर नेपाली पारामा बसियो। धेरै समयको ग्याप पछी यस्तो बाताबरण बनेको थियो। तर हामी तिन जना चाहिँ पहिलोपटक थियो यस्तो मेहफिलमा।
          खानपिनकै क्रममा एक अर्काका मोबाईलमा घण्टी बज्थें तर हामी मतलब राख्दैनथ्यौ। पटक पटक घण्टी बजे तर हामीलाई फोनको कुराकानी भन्दा बसाई नै प्यारो लागी राखेको थियो। केही समय ईन्टरभल भयो। यत्तिकैमा सबैजना बल्ल आफ्नो फोनमा ध्यान दिईयो। यसै बिचमा सुवास दाजुले एउटा फोटो देखाउदै भन्नु भो; ल हेर्नुस् न यो केटि कस्ती छ ?
          अरे यार दाजु, “स्वर्ग कि परि” माधवले दि हाल्यो
          म: राम्री छ दाजु भन्दै मुस्कुुराए मात्र ।
         अनि दाजु यो को नि हजुरको ? मैले प्रश्न गरि हाले ।
         थाहा पाउनु हुन्छ?
         मिल्छ भने सेयर गर्नुस्। मलाई जान्न मन लाग्यो।
     दाजुले मलाई एउटा कपिको पेज दिदै भन्नु भो, ल अब यो पढ्नु होस् सब थाहा पाउनुहुनेछ । त्यो पेजमा लेखिएको थियो;
    सर्वप्रथम त म माफी माग्न चाहन्छु माफी त अरु धेरै पटक धेरै ठाउँमा माग्नु पर्ने छ तर यो पहिलो माफी म तिमीलाई जिन्दगी भरि यो प्रिय शब्द ले सम्बोधन गर्नेछु यो अधिकार छ वा छैन त्यता तिर म गईन प्रिय रितु ।
    बिगत केहि समय यता हामी एक अर्कामा खुलेरलकुरा गर्न सकिरहेका छैनौं। मैले धेरै पटक प्रयास गरे तिमी सँग खुलेर बोल्ने तर एक तर्फि प्रयासले केहि नलाग्दो रैछ । तिमीले पटक पटक म टेन्सन मा छु कसैसंग बोल्न मन लग्दैन भन्यौ हो हुन्छ कहिले काहिँ बोल्न मन लाग्दैन तर पनि म बोल्ने बोलाउने प्रयास गर्न भने छोडिन तिमी बोल्दै बोलिनौ भन्न त मिल्देन तर पहिलाको भन्दा कम अनि निक्कै कम । अनि मैले कारण खोज्न थाले तर तिमी बताउन चाहिनौ किन? यो प्रश्न हो कुनै दिनको तर म यसरी कारण के हो किन बोलिनौ यो सब तिमीलाई सोधेर पिडा दिन चाहान्न अब। मैले धेरै सोचे १ दिन, २ दिन, १ हप्ता, १ महिना र अन्तत निर्णय के लिए भने तिम्रो समस्या मलाई सेयर गर्न सक्दैनौं भने झन् मैले बार बार के हो किन बोल्दिनौ कारण खोज्दा पक्कै पनि झन पीडा थपिन सक्छ ।
    म अाज मात्र हैन धेरै पहिला बाटै भन्ने गर्थे म तिम्रो जिवनमा तरबार बन्न चाहन्न र पिडा दिन्न तिम्रो खुसीमा रमाउछु तर तिमी अाफै दुखि भैरहदा मलाई झन पिडा हुदो रैछ तिमीलाई खुस देखे सायद म नि खुसी हुन्थे होला प्रिय रितु ।
    प्रिय रितु, यहाँ निर फेरी माफी माग्नु पर्ने भय‍ो सायद नजिक हुन्थौ भने तिम्रो पाउ समाएरै माफी माग्थे तर त्यो सम्भव भएन, तिमीले एक समय मलाई बिर्सिन र तिमीलाई मैले यो अवस्थामा देख्न पर्थेन होला, जुन दिन तिमीलाई देखे पछि मैले फोन नगरेको भए; तर मनले मानेन देख्ने बित्तिकै कल गरे तिमी पनि भेट्ने उक्सुक्ता देखायौ र त्यहि दिन एक छिन बाटोमा देखा देख मात्र भयो सायद याद हुनुपर्छ तिमीलाई पनि, किन भेट गरायो हाम्रो यी यहाँ हेर त , भगवानले नै गल्ती गरे हाम्रो भेट गराएर ।
    अनि माया बढ्यो एक अर्का बिच यति सम्म कि तिमी म सँग नबोले सम्म निदाउन नसक्ने भएकी थियौ थाहा छ मलाई। त्यो बेला म परिवार सँग थिए तर पनि समय निकाल्ने कोसिस गरेकै हुन्थे । बोले बोलिन समय दिए वा दिईन त्यो तिमीलाई थाहा छ होला ।
    पछि भेट्ने बस्ने कुरा अल्लि चर्का चर्कि रुपमै अगाडि बढ्न थाले र पहिलो पटक साथीहरु सँग होटेलमा खाना खाने कुरामा सहमति भयो र सँगै खाना खायौ निकै खुसी साथ। त्यस पछि २/४ पटक देखा देख भयो राम्रो सँग बसेरै भेट्न पाईएको थिएन अनि एउटा ठुलै खाका तयार पर्यौ तिमी र म काठमाडौं जाने पहिलो प्रयास सफल हुन नसके पछि दोस्रो पटक सँगै काठमाडौं लाग्यौ “हो त्यो दिनले मलाई थप पीडा दिन्छ प्रिय” त्यो यात्रा कसरी बिर्सु म।”
    तर म अाजको दिनमा अचम्मित छु प्रिय रितु, यति अगाडि बढेको हाम्रो सम्बन्धलाई तिमी किन एक्कासी बिट मार्न खोज्दै छौ, मैले भन्दा कयौ गुणा बढि तिमीले माया गरेको मान्छे हुँ म।  माया अन्धो हुन्छ भन्दै भौतिक देखि अार्थिक सहयोग गरि सम्बन्ध मझबुध बनाउन इट्टा लगाएकी थियौ, अर्थिक त तिर्न सकुलाँ कुनै दिन तर मैले तिम्रा गुण कसरी तिरु ।
    म रिसाउने, झर्कने, कराउने मान्छे यसरी पीडा सहन सक्छु जस्तो लागेको थिएन तर प्रयास गर्दै छु हेरुम कहिले सम्म सक्छु। प्रिय रितु, मैले बार बार तिमीलाई म्यासेज के भो के भो भनेर सोधि राख्दा तिमीलाई झन पीडा हुने देखेर एकै पटक यो सब लेखेको छु। कुनै कुराको अप्ठारो नमानु भोलिको दिनबाट म तिम्रो साथमा छु, तिमीलाई भित्रि मुटुमा राखेको छु त्यसैले मैले तिम्रो पीडामा पीडा दिन चाहान्न । जिन्दगीमा असम्भव कुरा कुनै हुदैन, किनकी असम्भव शब्दमा पनि सम्भव शब्द लुकेको छ। त्यसैले जिन्दगी देखि कहिले हार नखानु । निरास कहिले नहुनु मेरो सधैं अर्शिवाद छ तिमीलाई। गलत सोच्नु हुन्न तिम्रो बाबा मम्मिले तिम्रो लागि पनि सपना बुन्नु भएको छ त्यो सपना पुरा गरेर बा मम्मिको अोठमा खुसि छरिदिनु । म जहाँ जस्तो अवस्थामा हुम्ला तिम्रो खुसीको लागि जे गर्न नि तयार हुनेछु रितु । बास खुसी छैनौं भने पनि खुसी हुने प्रयास गर्नु । सधै सफल बन्नु । लेख्दा लेख्दै धेरै नै लेखेँ होला। मेरा शब्दले कहि कत्तै पीडा दिलाएछ भने म हृदय देखि नै माफी माग्दै अब म बिदा भए । अन्तिमा लव यु एण्ड मिस यु अलट बाई बाई ।
    उहि तिम्रो
    सुबास
    प्रिय रितु” यो शब्दले म फेरी एक पटक गम्भीर भएँ। नचाहादा नचहाँदै म पुन: उही पुरानो घटनालाई सम्झीन बाध्य भैराखेको छु, अनि एउटै नामले मलाई कता कता घोचिरहेको छ। तर मलाई अरूको अगाडी मेरो भुतकाललाई खोल्नु छैन।
    पुन सुवास दाजुलाई फोटो देखाउन अाग्रह गरे २०-२२ वर्षको उमेर कि एउटा नारी, ठुलो निधार, पुष्ट छाती अनी बारूली छिनेको कम्मर, कुर्ता सलवारमा छाटीएकी निकै राम्री सलक्क परेकी एउटी युवती। उक्त तस्विर ठ्याक्कै उसै सँग मिल्दो जुल्दो थियो, जो मान्छेलाई मैले मन पराएँ, माया गरें, र आज सम्म पनि जिन्दगी उसैको नाममा समर्पित गरीरहेको छु। तस्बिर आफ्नै अगाडी थियो। हेर त समिर म आएँ भन्दै ठ्याक्कै उभीए जस्तै ।
    एउटा नमिठो अतित सँगै ठुलो आश्चर्य थियो यो। म कसैलाई मेरो कहानी बताउने मुडमा थिएन। जो व्यक्ति आज सम्म मेरो हुन सकिरहेकि थिईन, कुनै अत्तो पत्तो थिएन। उही आज फेरी मलाई झस्काउन आएकी थिई। मलाई मध्य रातमै भएपनि चिच्च्याई चिच्च्याई उसैको नाम लिउ जस्तो लाग्दै थियो। तर म अवाक थिएँ। कुनै शव्द निक्लेको थिएन मेरो मुखबाट।भित्र भित्रै उकुस मुकुस थिएँ म। केही समय अगाडी चडाएको झोलको राग कता पुगिसकेको थियो अत्तो पत्तो थिएन। यस्तो लाग्दै थियो कि मानौ आफुलाई डि फ्रिजमा केही समय बन्द गरिदिउँ।
    समिर दाई.. समिर दाई..। माधव बोल्दै थियो तर मेरो दिमाग उसको जवाफ दिन सकिरहेको थिएन। “ के भो भन्या पुरै हराउनु भयो त दाजुको गल्फ्रेनको तस्विरमा। कतै ..,,,?!’ केटोले जिस्काउन खोज्दै थियो लाजै नमानी। जनतन सम्हालिने कोसिस गरें। मोबाईल फिर्ता गरिदिएँ दाजुको। अनी बसेको ठाउबाट जुरूक्क उठेर रितु सँग जोडिएको फोटो र मेरो काहानी खोज्न तिर लागे ।
    क्रमश: –
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु