अभिनेत्रीद्वय प्रियंका र आँचलको लाग्यो विवाहको मिति टुङ्गो

म्यूजिक खबर
प्रकाशित: ४ फाल्गुन २०७६, आईतवार

काठमाडौं । तीन वर्षदेखि प्रेममा रहेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको विवाहको मिति टुंगो लागेको छ । ज्योतिषले विवाहका लागि फागुन १५ गते शुभ हुने बताएपछि अब उनीहरुले यही मितिमा लगनगाँठो कस्ने भएका छन् । अभिनेत्री प्रियंकाले इन्स्टाग्राम स्टोरीमा एक तस्वीर राख्दै आफ्नो विवाहको मिति सार्वजनिक गरेकी हुन् ।

त्यस्तै एक वर्षयता डा. उदिप श्रेष्ठको प्रेममा रहेकी अभिनेत्री आँचल शर्माले आउँदो फागुनमा घरजम बसाउँदैछिन् । फागुन पहिलो हप्ता उनको टिकाटालो हुँदैछ भने फागुन २९ गतेलाई उनको विवाहको मिति तय भएको हो । आँचलको परिवारले विवाहका लागि बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यू रोजेका छन् भने फागुन ३० गते आँचल र उदिपले पाँचतारे होटल हायतमा रिसेप्सन पार्टी दिन लागेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु