उपन्यासको प्रचारप्रसारमा गीत ‘हिमाल झुक्न सक्छ’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १७ चैत्र २०७८, बिहीबार

काठमाडौं । गीतसंगीत उद्योगमा ख्याति कमाएका लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठले बजारमा ल्याउन लागेको उपन्यास ‘फरैना’को प्रचार प्रसार गर्ने उद्देश्यले गीत ‘हिमाल झुक्न सक्छ’ सार्वजनिक गरेका छन् । गोल्डेन क्रियशनबाट बजारमा आएको यो गीत प्रगतिशील धारमा निर्माण गरिएको छ । सन्तोष श्रेष्ठकै शब्द, संगीत र स्वरमा आएको यस गीतको संगीत संयोजन राजु कार्कीले गरेका छन् । गीतको सहगायनमा दिपा तामाङ र सुष्मा लिम्बूले साथ दिएका छन् ।
गीतको भिडियोको निर्देशन हेम प्रभास अधिकारीले गरेका छन् । राज पोखरेलको छायाँकन रहेको यस भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन् । संगीतकार सन्तोष श्रेष्ठको एकल संगीतमा ५० भन्दा बढी एकल एल्बम बजारमा आइसकेका छन् भने सयौं गीतहरुमा उनको संगीत रहेको छ । पछिल्लो समय उपन्यास लेखनमा सक्रिय रहेका संगीतकार श्रेष्ठको यसभन्दा पहिला नै आँसु (गजलसंग्रह) र अधुरो सपना लघुकथासंग्रह बजारमा आइसकेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु