पुरानो बुलेट देशभर एकसाथ रिलिज

म्यूजिक खबर
प्रकाशित: १ चैत्र २०७५, शुक्रबार

काठमाण्डौ । पत्रकार भीषण राईको निर्देशन रहेको फिल्म ‘पुरानो बुलेट’ फ्राइडे रिलिज अन्तर्गत आज रिलिज भएको छ । क्रेजी इन्टरटेनमेन्टको व्यानरमानिर्माण भएको चलचित्र एक साथ देशैभर पर्दशनमा आएको हो । चलचित्र पुरानो बुलेटमा नेपालको पूर्वी भागको जीवन शैली समेटिएको छ । चलचित्रको मुख्य पात्र प्रताप ( अनुपविक्रम शाही) को जीवनमा आएको आरोह अवरोहका वरिपरि कथा घुमेका छन् ।

प्रेम, रोमान्स, रोदन, कमेडी, सघर्ष, सफलता मात्र होइन देशमै बसेर केह गर्न सकिन्छ भन्ने सन्देश पनि यो चलचित्रले दिएको छ ।
त्रिकोणात्मक प्रेमकथालाई यो चलचित्रमा निक्कै रोमाञ्चक ढंगले प्रस्तुत गरिएको छ । यो चलचित्रमा प्रयोग गरिएको पूर्वेली लवजका संवादले भरपुर हसाउँछ । कतिपय संवादहरु दर्शकहरुलाई निक्कै नयाँ लाग्नेछन् । चलचित्रमा किराँती संस्कार संस्कृती पनि समेटिएको छ । यो नेपाली चलचित्र दर्शकका लागि अर्को एउटा नयाँपन हुनेछ । रोमाञ्स र हाँसोकाबीच चलचित्र दर्शकहरुले कयौँ ठाउँ आँशु बगाउनु पर्नेछ । आँखा रसाउँने दृष्यहरु पनि प्रसस्तै छन् ।

लामो समय पत्रकारितामा सक्रिय भीषण राईको डेब्यु फिल्मले दर्शकको मन जितेको छ । शुभचिन्तक र चलचित्र क्षेत्रका अग्रजहरुबाट प्रशंसा सुरु भएका छन् । चलचित्र हेरिसकेपछि निर्देशक मिलन चाम्सले प्रशंसा गर्दै भने धेरै लामो समयपछि नेपाली चलचित्र क्षेत्रले एउटा राम्रो चलचित्र पाएको छ । भीषण राई लगायत निर्माण युनिटलाई बधाई दिन्छु । त्यस्तै यस चलचित्रमा आमाको भूमिका निर्वाह गरेकी नेपाली चलचित्र क्षेत्रका पुरानो कलाकार कविता आलेले धेरै समयपछि एउटा राम्रो टिम र राम्रो चलचित्रमा काम गर्न आएकोमा आफुलाई असाध्यै खुसी लागेको बताइन ।

चलचित्रमा अनुपविक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बूु, शिरोमनी दवाडी, बादल श्रेष्ठ, करण धिताल, अशोक कुमार राई, टीकाराम राई लगायतको अभिनय रहेको छ । चलचित्रको कथा–पटकथा निर्देशन र कार्यकारी निर्माता सन्तोष राईले लेखेका हुन् । चलचित्रलाई अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त निर्माण गरेका हुन् ।

हरि आले लामाको छायांकन, उत्तमजंग लिम्बू र जयन जे वाइबाकोे संगीत, राजेशपायल राई, मेलिना राई, जयन जे वाइबा र उत्तमजंग लिम्बूको गायन रहेको छ।यस चलचित्रको कोरियोग्राफी प्रशान्त तामाङले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु