ऋतु के.सी बिमल संग भेट हुँदा यसरी बिगत सम्झेर रोईन् (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १५ फाल्गुन २०७५, बुधबार

काठमाडौँ ।पछिल्लो समय नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा फरक-फरक स्वादका गीत संगीतहरु बजारमा आइरहेका छन् । सोहि क्रममा गायिका ऋतु के.सी को बिल्कुलै नयाँ लोक दोहोरी गीत “तिम्रो तस्बिर” पनि भर्खरै बजारमा आएको छ । आफुले जिबन भरि संगै जिउने र संगै मर्ने कसम खाएको मान्छेले अर्कैको सिन्दुर सिउँदोमा भरेपछि वियोगमा तयार भएको यस गीतमा अहिलेका बहुचर्चित गायक पुष्कल शर्मा र ऋतु के.सी को सुमधुर स्वर रहेको छ ।
यस गीतको म्युजिक भिडियोमा गायिका ऋतु संगै बिमल अधिकारीको अभिनय देख्न सकिन्छ । अभिनयमा मिलन ढकालले पनि उनीहरु द्वयलाई साथ मिलेको छ । यस कारण उनि अबका दिनहरुमा एक दक्ष मोडलको परिचय स्थापित गर्नमा जुर्मुराएकी छिन् । “तिम्रो तस्विर” बोलको गीतमा ऋतु के.सी र राज दर्नालको शब्द सिर्जना तथा राजेशकुमार नेपालीको लय सिर्जना रहेको छ । कुमार के.सी द्वारा निर्देशित भिडियोलाई छायांकन महेश महराले गरेका हुन् भने सम्पादन बिजय तिखातरिले गरेका गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु