चलचित्र ‘मारुनी’को ट्रेलर सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २१ श्रावण २०७६, मंगलवार

चलचित्र ‘मारुनी’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रम गरि चलचित्र ‘मारुनी’को ट्रेलर सार्वजनिक गरिएको हो । भदौं १३ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा मुख्य कलाकार अभिनेता पुष्प खड्का, अभिनेत्री साम्राज्ञी आरएल शाह र नवअभिनेत्री रेविका गुरुङको फिर्चड रहेको छ ।

चलचित्रमा निर्देशक नवल र गोविन्द फूयाँलको लेखन र दीपक बज्राचार्य, अर्जुन पोखरेल र कृष्ण काफ्लेको सङ्गीत रहेको चलचित्रका गीतमा प्रविन सिंह, बिक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी छ । संजय लामाको छायाँकन रहेको चलचित्रमा मित्र डी गुरुङको सम्पादन छ । पूनम ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई पूनम गौतमले निर्माण गरेकी यो चलिचित्रमा रेविकाका अलावा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेडाइँ, विनोद भट्टराई, सुशील क्षेत्रीलगायतको पनि अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु