धोका पाएपछि प्रेमीलाई रचनाको प्रश्न – के नै थ्यो र मसँग ?

म्यूजिक खबर
प्रकाशित: ३० जेष्ठ २०८०, मंगलवार

काठमाडौं । पछिल्लो पुस्ताकी प्रतिभाशाली गायिका हुन् रचना रिमाल । व्यस्तता र लोकप्रियताको अग्रपंक्तिमा रहेकी उनले यतिबेला के नै थ्यो र मसँग भन्दै आफ्ना धोकेवाज प्रेमीलाई प्रश्न गरेकी छन् । ‘के नै थ्यो र मसँग तिम्रो खुशी किन्न ? सकिनछु मैंले तिम्रो जालि माया चिन्न’ भन्दै आफ्ना भाव पोखेकी छन् ।

तर, वास्तविकतामा नभई उनको स्वरले सजिएको ‘के नै थ्यो र मसँग’ बोलको गीत सार्वजनिक भएको हो । धोकेवाज प्रेमीको सम्झना,समर्पण, प्रेम र पश्चातापको भाव गीतमा पोखिएको छ ।

यस गीतलाई गीतकार तथा साहित्यकार बिमला हुँमागाई (बोध श्री) ले लेखेकी हुन् । त्यस्तै गीतमा नबिन कार्कीको मीठास संगीत रहेको छ ।
गीतको शब्द, संगीत र स्वरले एकअर्कालाई न्याय गरेको छ । कमेन्टमा पनि यस्तै भाव लेखिएका छन् ।

भिडियोमा नबिन कार्कीको निर्देशन रहेको छ भने केशव बिश्वकर्माको छायांकन, बिकाश धमलाको सम्पादन रहेको छ । यस गीतलाई बोध अनलाईन टिभीबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु