• राज र अन्जुले ‘आँखा बन्द’ गरेपछि, हेर्नुहोस् भिडियो !

    म्यूजिक खवर
    प्रकाशित: २१ मंसिर २०७५, शुक्रबार

    गायक राज सागर र गायिका अन्जु श्रेष्ठको आधुनिक गीत ‘आँखा बन्द’ सार्वजनिक भएको छ । राजको जन्मदिनको अवसर पारेर बुधबार राजधानीमा एक कार्यक्रमबीच ‘आँखा बन्द’ सार्वजनिक गरिएको हो ।

    राजको सङ्गीत र स्वर रहेको यस गीतलाई गायिका अन्जु श्रेष्ठले लेखेकी हुन् । राज सागर र अन्जुकै अभिनय रहेको यो भिडियोलाई पासाङ योञ्जन लामाले निर्देशन गरेका छन् । प्रेमको गहिरो भावलाई चित्रण गरिएको भिडियोमा सन्जीत श्रेष्ठको छायाँकन र सुशिल न्यौपानेको सम्पादन रहेको छ ।

    गीत सार्वजनिक समारोहमा गायक, सङ्गीतकार, सञ्चारकर्मी, कलाकारलगायत नेपाली कला साहित्य र सङ्गीत क्षेत्रमा आवद्ध ब्यक्तीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

    हेर्नुहोस् भिडियो :

     

    सम्बन्धित समाचार

    राजसागरको गजल गायन सम्पन्न

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु