रजतपट कार्यक्रमका संचालक प्रकाश सुवदीविरुद्ध पूजा शर्माले दिइन् उजुरी

म्यूजिक खबर
प्रकाशित: २५ श्रावण २०७७, आईतवार

काठमाडौं । चलचित्र क्षेत्रको चर्चित टेलिभिजन कार्यक्रम रजतपटका संचालक प्रकाश सुवेदीविरुद्ध नायिका पूजा शर्माले उजुरी दिएकी छन् । नेपाल चलचित्र कलाकार संघमा उनले आफूविरुद्ध भएको मानहानी र गालीगलौजको विषयलाई लिएर उजुरी दिएकी हुन् । आज केही पत्रकारहरुलाई साथमा लिएर चलचित्र कलाकार संघमा उजुरी दिन पुगेकी थिइन् ।


नायिका शर्मा केही समयअघि निकै चर्चामा आइन् । रजतपटमा प्रसारण भएको उनको अन्तरवार्तामा उनले दिएको उत्तरका आधारमा सामाजिक सञ्जालमा भाइरल भएकी थिइन् । त्यस्तै गत हप्ता मात्र प्रसारण भएको कार्यक्रममा रजतपटमा ‘दाह्रा भएकी नायिका’ भन्ने शब्दले यतिखेर भने प्रकाश सुवेदी चर्चामा छन् । त्यही विषयलाईसमेत लिएर नायिका शर्माले आफूविरुद्ध गालीगलौज र मानहानी भएको भन्दै उजुरी दिएकी हुन् । उनले नेपाल प्रेस काउन्सिलमा पनि पत्रकार आचार संहित उल्लंघन भएको भन्दै उजुरी हालिसकेको बताएकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु