• ‘कामिनो’ मा राजबल्लभको पुनरागमन, हिरोइनमा नीति शाहको सम्भावना

    म्यूजिक खबर
    प्रकाशित: २९ माघ २०७९, आईतवार

    काठमाडौँ । प्रदीप खड्को अभिनय रहने र विदेशका विभिन्न मुलुकमा खिचिने भनिएको ‘कामिनो’मा वर्षा सिवाकोटी र राजबल्लभ कोइराला अनुबन्ध भएको निर्माण टिमले जनाएको छ । वर्षालाई केही दिन अघि र राजबल्लभ कोइरालालाई शनिबार निर्माण टिमले अनुबन्ध गरेको जनाएको हो ।

    वर्षाले ‘कामिनो’मा गेस्ट रोल गर्न लागेकी छिन् । निर्माण टिमले खुलेर नबताए पनि फिल्ममा वर्षा ८–१० सिनमा देखिनेछिन् ।

    निर्माण टिमले प्रदीपको जोडीका लागि भने नीति शाहसँग कुरा गरिरहेको छ । मौखिक सहमति भइसके पनि कागजी प्रक्रिया बाँकी रहकोले निर्माण टिमले नीतिको नाम बाहिर ल्याएको छैन । नीति अहिले अनुप बरालसँग अभिनयको कक्षा लिइरहेकी छिन् । यसअघि ‘एक्स नाइन’ साइन गरे पनि अनमोल केसीले यो फिल्म छाडेसँगै उनले पनि यो फिल्म छाडेको चर्चा छ ।

    यो खबरलाई पुष्टि गर्ने गरी निर्देशकले फेसबुकमा हिरोइनसम्बन्धी अपडेट दिने उल्लेख गरेका थिए । ‘एक्स नाइन’का निर्देशक मुकुन्द भट्ट अहिले अनमोलको ठाउँमा प्रदीपलाई लिने गरी काठमाडौँ–मुम्बई गरिरहेका छन् । दुवैले सँगै पूजापाठ गरिरहेको तस्बिर पनि सार्वजनिक भएका छन् । फिल्ममा अनुबन्ध भएका राजबल्लभ कोइराला भने ९ वर्षपछि पर्दामा फर्किन लागेका हुन् । कोइराला ९ वर्षअघि रिलिज भएको ‘हाइवे टु धम्पुस’मा अन्तिम पटक देखिएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु