राजेश पायल राई, युवराज भण्डारी र राजेश थापाले ल्याए ‘भावनाको देश’

म्यूजिक खबर
प्रकाशित: ५ आश्विन २०८०, शुक्रबार

काठमाडौं । गायक राजेश पायल राईको स्वरमा युवराज भण्डारीको नयाँ देशभक्ति गीत संविधान दिवसको अवसर पारेर हालै सार्वजनिक गरिएको छ । सङ्गीतकार राजेश थापाले सङ्गीत रहेको ‘भावनाको देश’ बोलको सो गीतको सङ्गीत संयोजक फणीन्द्र राई हुन् ।

काठमाडौंको ए–वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् भने ध्वनि सम्पादन किशोर थापाले गरेका छन् । गीतकार भण्डारीको युट्युव च्यानल वाई बी कृयसनले असोज ३ गते सार्वजनिक गरेको यस गीतको म्यूजिक भिडिओमा पूजा ठकुरीको निर्देशन रहेको छ । विनोद बमको सम्पादन र रामकुमार केसीको छायाङ्कनमा भिडिओ साङ्ग्रिला कृयसनले तयार पारेको हो ।

प्रवासमा रहेर पनि नेपाली सङ्गीत र साहित्यमा अनवरत रूपले सक्रिय तनहुँ निवासी युवराज भण्डारी हाल क्यानडा छन् । भण्डारीको एक गीति कविता सङ्ग्रह प्रकाशित छ भने ‘भावनाको तस्वीर’ (गजलसङ्ग्रह) र ‘अर्को कर्नाली’ (कवितासङ्ग्रह) प्रकाशोन्मुख छन् । उनको शब्द तथा सङ्गीतमा यस अगि पनि केही गीतहरू बजारमा आइसकेका छन् । पेशाले इन्जिनियर भण्डारी प्रवासमा साहित्यिक र सामाजिक अभियानमा सक्रिय छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु