‘जहाँ नेपालीः त्यहाँ राजेश पायल राई, इराक पुगे प्रस्तुति दिनँ

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०८१, बिहीबार

काठमाडौं । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली, त्यहाँ राजेशपायल राई’ भन्दा फरक नपर्ला ।
‘राई इज किङ’का रुपमा चर्चित राजेशपायल राई नपुगेको र सांगीतिक कार्यक्रम नगरेको देश सायदै होला । नेपालीहरु विश्वको कुना–कुनासम्मपुगेका छन्, जहाँ राजेशपायलले कार्यक्रम गरिसकेका छन् ।

यसैक्रममा नेपाली सांगीतिक क्षेत्रकायी ‘मेगास्टार’ अप्रिल अर्थात शुक्रबार इराकमा प्रस्तुत हुँदैछन् । हङकङ, मकाउ हुँदै इराक पुगेका राजेश पायलले भने, ‘संसारका अधिकांश देशमा सांगीतिक कार्यक्रम गरिसकेको छु । तर, इराकमा पहिलो पटक प्रस्तुत हुन लागेको हुँ ।’ इराकको विमानस्थल टेक्दा राजेशपायललाई त्यहाँ रहेका नेपालीले भव्य स्वागत गरेकाथिए ।

गायक राजेशपायलले इराकको कुर्दिस्तानमा कार्यक्रम गर्न लागेका हुन् । जहाँ, इराकी आतंककारी समूह ‘अन्सर अल सुन्ना’ले २०६१ भदौ १५ मा १२ जना नेपालीको हत्या गरेकाथियो ।
१२ जना नेपालीको हत्यापछि पनि इराकमा रोजगारीको क्रममाथुप्रै नेपाली इराक पुगेका छन् । उनीहरुकै अनुरोधमा सांगीतिक प्रस्तुतीदिन राजेश पायल त्यहाँ पुगेकाहुन् । इराकमा पनि आफ्ना नयाँ पुराना गरी डेढ दर्जन गीत प्रस्तुतगर्ने उनले बताए ।

राजेशपायल आफ्ना नयाँ तथा पुराना गीतबाट सदावहार चर्चामा रहँदै आएका छन् । उनका फ्यान तथा शुभचिन्तक संसारभर छन् । उनी कन्सर्ट सर्वाधिक रुचाइने नेपाली कलाकार पनि हुन् । त्यसैले पनि उनी बाह्रै मास देश–विदेशको कार्यक्रममा व्यस्त हुँदै आएका छन् ।
राजेशपायलले भने, ‘अमेरिकामा १७ औँ पटक कार्यक्रम गरिसकेँ, तर इराकमा पहिलोपटक गर्दैछु, यो मेरो लागिपक्कै स्मरणीय हुनेछ र दर्शकलाई पनिअविस्मरणीय तुल्याउने प्रयास गर्नेछु ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु