२०३२ का राजेश र २०५८ की साङबुङले गरे औपचारिक विवाह

म्यूजिक खबर
प्रकाशित: २४ फाल्गुन २०७९, बुधबार

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा मेगास्टारका रुपमा समेत चिनिएका राजेशपालय राईले बिबाह गरेको खबर केही महिनाअघि मात्र सार्वजनिक भएको थियो । एक सार्वजनिक कार्यक्रममा आफू अविवाहित भनेको २४ घण्टा नवित्दै राजेश बिबाहित हुन् भनेर प्रेमिका साङबुङ राई मार्फत खबर बाहिरिएको थियो । उनले राजेश आफ्नो श्रीमान र एक छोराको पिता समेत हु्न् भन्ने आशयको पोष्ट गरेकी थिइन् ।
यतिबेला उनै गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग औपचारिक रुपमा विवाह गरेका छन् । गत मंसिर २६ गते काठमाडौं महानगरपालिका९३१ को वडा कार्यालयमा उनले विवाह दर्ता गरेका हुन् ।
उनीहरुले सामाजिक परम्परा अनुसार गत भदौ १ गते विवाह गरेको समेत उल्लेख छ । यी दुईबीचको विवाहको दर्ता प्रमाणपत्र बुधबार सार्वजनिक भएको हो । यी दुईजनाबाट एक सन्तानको पनि जन्म भएको छ । विवाहलाई मिडिया खुलासा गरेपनि राजेशपायलले अहिलेसम्म औपचारिक रुपमा केही खुलाएका थिएनन् ।
विवाह दर्ताअनुसार राजेशपायलको उमेर ४७ वर्ष र प्रेमिका सङबुङको उमेर राजेशपायलभन्दा आधाले कम छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा भएको विवाह दर्तामा राजेशपायल राई र साङबुङबीच उमेर अन्तर झण्डै २६ वर्ष देखिन्छ । सार्वजनकि भएको विवाह दर्तामा राजेशपायलको जन्ममिति २०३२ असोज १४ गते रहेको छ भने उनकी पत्नी साङबुङको जन्ममिति २०५८ साउन १४ गते उल्लेख छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकालले राजेशपायल राईले विवाह दर्ता गरेको पुष्टि गरे ।

विवाहअघि उनीहरु लिभिङ टुगेदरमा बस्दै आएका थिए । गत दशैंको महाष्टमीको बेला यी दुईले सन्तानलाई जन्म दिएको खुलासा भएको थियो । सङबुङले बच्चा जन्माएको जानकारी त्यतिबेला टिकटकबाट दिएकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु