अमिताभ बच्चन र साहरुख खान सँग दाँज्दै भारतमा एकाएक राजेश हमालको चर्चा

म्यूजिक खबर
प्रकाशित: १८ श्रावण २०७६, शनिबार

अभिनेता राजेश हमाललाई भारतीय एक अनलाइनले बलिउड अभिनेता अमिताभ बच्चनसँग तुलना गरेको छ । भारतको ‘आज तक’ टेलिभिजन च्यानलको अनलाइन संस्करणमा ‘नेपाली सिनेमा के अमिताभ बच्चन’ भन्दै राजेश हमालको चर्चा (फिल्मयात्राको) चर्चा गरिएको छ ।

समाचारमा नेपाली फिल्ममा अमिताभ बच्चनको रूपमा चिनिने राजेश हमाल भारतीय दर्शकका लागि नौलो भए पनि नेपालमा उनको लोकप्रियता निकै रहेको र उनलाई ‘महानायक’ को उपाधि समेत दिइएको उल्लेख गरिएको छ । समाचारमा भनिएको छ, ‘५५ वर्षका राजेशको पहिचान नेपालमा भारतका अमिताभ बच्चन र साहरुख खानको जस्तै छ ।’

सन् १९८८ मा रिलिज भएको फिल्म ‘युगदेखि युगसम्म’ बाट नेपाली फिल्ममा प्रवेश गरेका राजेश हमालले दर्शकमाझ गहिरो छापसमेत छाडेको तर परिवारबाट फिल्म क्षेत्रमा आउन असहज अवस्था रहेको उल्लेख छ । ‘राजेशको अभिनय र अध्ययनको यात्रा सजिलो भने थिएन । राजेशका पिता चूडाबहादुर हमाल राजदूत थिए । नेपालमा अभिनयलाई खासै राम्रो पेशाको रूपमा नहेरिएको अवस्थामा राजेशले चलचित्र क्षेत्रमा पाइला राखेका थिए’ –समाचारमा उल्लेख छ ।

फिल्ममा आउन उनले पारिवारिक विरोधसमेत झेलेको उल्लेख गरिएको छ भने आफूभन्दा २२ वर्ष कान्छी मधु भट्टराईसँग विवाह गरेको पनि लेखिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु