राजु गुरुङ र निरु श्रीषको स्वरमा डुम्रे बजार

म्यूजिक खबर
प्रकाशित: २१ जेष्ठ २०७९, शनिबार
Raju Gurung_Niru Shreesh Dumre Bazar

काठमाडौं । लोकप्रिय गायक राजु गुरुङका सालैजो होस् या दोहोरी सधैं चर्चाको शिखरमा हुने गरेको छ । उनको स्वरमा रहेको दोहोरी गीत तीते करेलीले, दर्जनौं सालैजो गीतहरु लोकगीत प्रेमीहरुको बीचमा सदाबहार र अविष्मरणीय बनेको छ । राजु गुरुङ एउटा ब्राण्ड बनिसकेका छन् । उनको स्वरमा जुन गीत आए पनि लोकप्रिय हुने गरेको पाइन्छ । तिनै गायक गुरुङको नयाँ गीत डुम्रे बजार बजारमा सार्वजनिक भएको छ । गायक गुरुङसँगै निरु श्रीष मगरको स्वर रहेको गीत डुम्रे बजार सार्वजनिक भएको छोटो समयमा नै सबैको मन जित्न सफल भएको छ ।

गायक गणेश गुरुङको शब्द एवम् गायक राजु गुरुङकै संगीत रहेको यो गीतको संगीत संयोजन चेतन गोतामेले गरेका छन् । मायाप्रेमको गहिराइमा डुबेका प्रेमी र प्रेमिकाको कथालाई गीतमा उतारिएको छ । गाउँमा रहेका प्रेमी प्रेमिका नजिकको शहर नझरेसम्म भेट हुन गाह्रो भएको र सपनीमा मात्र भेट भएका कुरा गीतमा समावेश गरिएको छ । ग्रामीण परिवेश झल्कने म्यूजिक भिडियोमा उर्मिला गुरुङ, विजय पुन, राजु गुरुङ, स्याना गुरुङको अभिनय रहेको छ । दुर्गा पौडेलको छायाँकन तथा निर्देशन रहेको गीतको भिडियोलाई प्रकाश धमालाले सम्पादन गरेका छन् । भिडियोलाई गायक राजु गुरुङकै यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु